Subscribe Us

आर्ट काउन्सिलले फोटो डकैती गरेको पत्रकारको आरोप

काठमाडौं । अनुमती बिना नै आफूले खिचेका तस्बिर सार्बजनिक गरेको भन्दै पत्रकार नरेशकुमार श्रेष्ठले नेपाल आर्ट काउन्सिल बिरुद्ध उजुरी दिएका छन् । 

ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा साउन १० गतेदेखि १६ गतेसम्म सांस्कृतिक संग्रहालय नेपालले गरिरहेको फोटो प्रदर्शनीमा राखिएका एमालेका तत्कालीन महासचिव मदन भण्डारीलगाएतका १५०   तस्वीर आफूले खिचेको दाबी गर्दै उनले काउन्सिलबिरुद्ध उजुरी हालेका हुन । 

श्रेष्ठका अनुसार विभिन्न समयमा खिचेका एमालेका तत्कालीन महासचिव भण्डारी, जीवराज आश्रित, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पा लगायत विभिन्न व्यक्तिहरुको तस्वीर अनुमतिविना सार्वजनिक प्रयोग गरेकोले  महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता गराएको जनाएका छन् । उनले भनेका छन्,‘म अधिकारवालाको अनुमतिविना सार्वजनिक प्रदर्शनीमा राखिएकोले नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ का आधारमा कारवाही गरिपाउँ भनी सम्बन्धित निकायमा निवेदन दिइसकेको छु ।’ 

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र महानगरीय प्रहरी परिसर टेकुमा आवेदन दिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको समेत अवगत गराउन चाहन्छु ।” प्रतिलिपि अधिकार ऐनले स्रष्टालाई सर्वाधिकार दिई आर्थिक र नैतिक दुवै अधिकार प्रदान गरेकोमा मेरा तस्वीरहरुमा मलाई आर्थिक र नैतिक दुवै अधिकारबाट बञ्चित गराई गैरकानुनी ढंगले ती तस्वीरहरु सार्वजनिक प्रदर्शनीमा राखिएको छ । यतिसम्म कि सर्वाधिकार भएको स्रष्टालाई सूचना समेत नदिई तस्वीरमा मेरो नाम समेत उल्लेख नगरी गैरकानुनी रुपले पाइरेसी (डकैती) गरिएको आरोप उनले लगाएका छन् ।

Post a Comment

0 Comments