Subscribe Us

माधब नेपालको कार्यक्रममा गोली चल्यो

रौतहट । संविधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्न सदरमुकाम गौरमा आयोजित कार्यक्रममा नेपाल सङ्घीय सद्भावना पार्टीका कार्यकर्ताको समूहले आज बिहान ढुङ्गामुढा प्रहार गर्दा दुई जना सर्वसाधारण घाइते भएका छन् ।

रौतहट क्षेत्र नं १ अन्र्तगत गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बाहिर भेला भएका सर्वसाधारणले समेत सहभागी हुन पाउनुपर्ने माग राख्दै गरेका बेला आक्रोशित समूहले ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गौर नगरपालिकाको सभाहलमा बाहिर भीड बढ्दै गएपछि नेकपा (एमाले)का वरिष्ठ नेता एवम् सभासद् माधवकुमार नेपाललगायत सभासद्हरू वंशिधर मिश्र, रामकुमार भट्टराई ,सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलमलाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ । बिहानैबाट तनाव सुरु भएपछि सुझाव सङ्कलन कार्यक्रम प्रभावित भएको छ ।

यसैबीच नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको राय सुझाव सङ्कलन गर्ने कार्यमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्लाभर कायम रहेका संविधानको मस्यौदामाथि छलफल र राय सुझाव सङ्कलन गर्ने स्थलमा भरपर्दाे सुरक्षा व्यवस्था मिलाइएको छ ।

Post a Comment

0 Comments