Subscribe Us

फेसबुक ह्याक गर्दै रिर्चाज काड माग्ने प्रहरी फन्दामा

काठमाडौं । युबतीको समाजिक सञ्जाल फेसबुक ह्याक गरेर यातना दिने एक युबकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले २३ बर्षीय राहुल बाल्मिकीलाई  नेपालगंजबाट पक्राउ गरी ल्याएको हो । राहुलले कलेजमा अध्यनरत युवती र मोडलिङ पेशामा रहेकाको फेसबुक ह्याक गरी यातना तथा व्याल्कमेल गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । राहुल पेशाले नृत्य प्रशिक्षक भएको प्रहरीले जानकारी गराएको छ ।

उनले फेसबुक हृयाक गरेर अश्लील तस्वीर, भिडियो राख्ने तथा गोपनियता भङ्ग गरिदिन्छु भन्दै मानसिक व्याल्क मेल गर्दै आएको खुलासा भएको छ । उनका अनुसार राहुल बाल्मिकीले प्रहरीमा उजुरी गरे अश्लील भिडियो बनाएर सार्वजनिक गर्ने धक्की समेत दिएका थिए । आईटीबारे चासो राख्ने राहुल बाल्मिकीले सुरुमा एक महिलाको फेसबुक हृयाक गरेका थिए ।

त्यसबाट अन्य महिला र पुरुषलाई फ्र्रेण्ड रिक्वेस्ट पठाएर आफूले सौन्दर्य प्रतियोगितामा भाग लिएको र भोटिङका लागि भन्दै कोड पठाउने गरेका थिए ।  हृयाक गरेपछि पीडितलाई मानसिक यातना दिने उनले केहीसँग भने एक हजार रुपैयाँको रिचार्ज कार्ड समेत माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीविरुद्ध सुरुमा ८ जनाको उजुरी आएको थियो । पक्राउ परेपछि अहिलेसम्म उजुरी दिनेको संख्या ३५ नाघेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments