Subscribe Us

नेताको भेषमा मिनकृष्णको मौलाउँदै डनगिरी,

ललितपुर । आफूलाई ललितपुर जिल्लाको प्रभावशाली काँग्रेसी नेता तथा समाजसेवी बताउन रुचाउने डन मनिकृष्ण महर्जनलाई आजभोली अवैध असुली गर्न भ्याई–नभ्याई भएको छ । प्रहरीको निगरानीमा रहेका काँग्रेसी डन मिनकृष्णलाई डन दिनेश अधिकारी उर्फ ‘चरी’ को प्रहरी ईन्काउण्टर र अर्का कुख्यात डन सुजन पौडेल उर्फ ‘रमेश बाहुन’ को जेलको बसाईं भएपछि अपुताली परेझै भएको छ । 

ललितपुर जिल्लाको अवैध असुलीमा भागवण्डा नमिलेकै कारण यी डनहरुबीच विगतमा गोली हानाहान समेत भएको थियो । डनद्धय चरी र बाहुनको डनगिरी अन्त्य भएसँगै डन मिनकृष्णले ललितपुर जिल्लामा अवैध रुपमा सञ्चालित ढुंगाखानी, क्रसर उद्योग र ठेक्कापट्टामा एकलौटी हालीमुहाली बनाएका छन् । अवैध काम गर्ने ब्यबसायीसँग आजभोली डन मिनकृष्णको एकलौटी असुली हुने गरेको छ । बाहुन जेल जानु पूर्व यी सबै ठाउँमा रकमको भागवण्डा हुने गरेको थियो । 

पछिल्लो समय डन मिनकृष्णले ललितपुर एकान्तकुनाका मिटरब्याज ब्यबसायी महेशबहादुर सिंहको सिको गर्दै विभिन्न ब्यबसायीलाई कानूनले बर्जित गरेको ब्याजदरमा लगानी गर्न थालेका छन् । जेलको लामो बसाईंपछि बाहिर आएका सिंह भने नेपालमा छाडेर विदेश पलायन भइसकेका छन् । ललितपुर जिल्लामा हुने अधिकांश गुण्डागर्दीमा डन मिनकृष्णको संलग्नता हुने गरेको छ । 

कथित ठेकेदारको मिलोमतोमा अबैध रुपमा टेण्डर कब्जा गर्ने कार्य अहिले पनि जारी रहेको पीडित ठेकेदारहरुले बताएका छन्् । ढुंगाखानी र क्रसर उद्योगमा मासिक रकम नदिए स्थानियलाई उचालेर क्रसर र खानी नै बन्द गराउने काममा समेत उनको सहभागिता हुने गरेको छ । बन्द गर्न नसकेपछि अनेक बहाना गरेर भएता पनि खानी र क्रसरका सञ्चालकबाट उनले पैसा असुलेर नै छाड्ने गरेको स्रोतले बतायो ।
 
को–को छन् डन महर्जनको सहयोगी ?

मिनकृष्णको अबैध कामलाई लक्ष्मीकृष्ण खड्की, उमेश ढुंगेल, श्याम मर्हजन, (घेवा श्याम) दिल महर्जन, बाबुकाजी महर्जन, सुरज महर्जन, निरज महर्जन, राजेन्द्र महर्जन, मिलन सिलवाल, राजेश धोज, राजु ग्वारा, राजु बोगटी, नरेश महर्जनलगायत दुई दर्जन भन्दा बढीले सहयोग गरिरहेको पीडितले बताएका छन् । स्रोतका अनुसार मिनकृष्णले ढुंगाखानीबाट मासिक दुई लाख पचास हजार रुपैयाँ असुल्दै आएका छन् । दुई ०५२ सालदेखि कहिले बन्द हुने त कहिले सञ्चालन हुने नाममा विभिन्न पार्टीका कार्यकर्ता र अबैध काम गर्नेले करोडौं कमाईसकेका छन् ।

 अबैध खानी सञ्चालनका कारण एक दर्जन भन्दा बढीले ज्यान गुमाईसकेका छन् । अवैध खानी र क्रसरबाट पैसा असुल्न मिनकृष्णलाई अबैध काम गर्ने बिष्णुमान महर्जन, सुदर्शन बिष्ट, प्रकाश डोटेललगायतले सहयोग पु¥याउँदै आएका छन् । महर्जनको झरुवारासीमा भएको लापा ईट्टा भट्टामा समेत मिनकृष्णले जर्वजस्ती सेयर लिएका छन् । आफूलाई सीआईडीको हवल्दार भन्ने प्रकाश खत्रीले प्रहरीको गोप्य सूचना उनलाई दिएर सहयोग गर्ने गरेका छन् ।
 
को–को सँग छ डन महर्जनको सम्बन्ध  ?

ललितपुरका डन मिनकृष्णको नेपाली का“ग्रेसका प्रायजसो नेताहरुसँग राम्रो उठवस रहेको छ । उनको काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, शंकर भण्डारीसँग विशेष सम्वन्ध रहेको छ । तत्कालिन समयका महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुख एआईजी नबराज ढकाललाई समेत पैसा बुझाउनु पर्छ भन्दै अबैध खानी र क्रसर उद्योग सञ्चालन गर्नेबाट उनले पैसा उठाउने गर्थे । मासिक तिन लाख रुपैया“सम्म उसुलेपछि त्यो रकम उनी आफैले प्रहरीको नाम बेचेर पचाउने गर्थे । पछिल्लो समयमा हेटौडाका काँग्रेसका सभासद् ईन्द्र बानियासँग पनि मिनकृष्णको सम्बन्ध बाक्लिएको छ । 

सातदोबाटोस्थित स्वीमिङ पुलमा अगाडि जक्सन जमाउँदै आएका मिनकृष्णले राष्ट्रिय खेलकुद परिषद्मा पनि नियुक्ति खान प्रयास गरेका थिए । काँग्रेसका केही नेताले उनलाई नियुक्ती गर्न दबाद दिएतापनि खेलकुद मन्त्रालयको हातमा रहेका कारण उनको नियुक्ती असफल भयो । मिनकृष्ण काँग्रेस युवा नेता शंकर भण्डारीस“ग प्रायजसो दरबारमार्गको अन्नपूर्ण कफी सपमा देखिने गरेका छन् । 

Post a Comment

0 Comments