Subscribe Us

काठ चोरी निकासी गर्ने पैँतालीस जनाविरुद्ध मुद्धा

लहान, । जिल्ला वन कार्यालय सिरहाले आव २०७१÷७२ मा वनजङ्गलबाट अवैध रूपमा काठ तथा वनजन्य वस्तुहरूको तस्करी गर्ने ४५ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

आव २०७१÷७२ को साउनदेखि असारसम्ममा जिल्लास्थित विभिन्न वनजङ्गलबाट अवैध रूपमा चोरी निकासी गरिरहेको काठ तथा वनजन्य वस्तुसहित पक्राउ गरिएका ४५ जनाविरुद्ध चोरी निकासी पैठारी ऐनअन्तर्गत मुद्दा चलाएको जिल्ला वन कार्यालयले जनाएको छ । 

सो आवमा तस्करहरूले तस्करीका लागि प्रयोग गरेको ट्र्याक्टर २० थान र साइकल दुई थान बरामद गरिएको जिल्ला वन अधिकृत नरेश ठाकुरले जानकारी दिए । 

यस्तै यसै आवमा चोरी निकासीका २९ वटा मुद्दा दर्ता भएकामा एउटा मुद्दाको फछ्र्योट भएको सो कार्यालयले जनाएको छ । लामो समयदेखि कार्यालय निमित्त प्रमुखको भरमा चलेको र आफू दुई महिनाअघि मात्र कार्यालयमा हाजिर भएकाले मुद्दा फछ्र्योटमा ढिलाइ भएको कार्यालय प्रमुख ठाकुरको भनाइ छ ।

    अघिल्लो आव २०७१÷७२ मा काठ तथा वनजन्य वस्तुको चोरी निकासी गर्ने ३६ जनालाई पक्राउ गरेको थियो भने चोरी निकासीका ३२ वटा मुद्दा दर्ता भएको थियो

Post a Comment

0 Comments