Subscribe Us

गुण्डा र नेता कनेक्सनले प्रहरीलाई टेन्सन,
राजनीतिक दवाब झेल्न सक्नेलाई महानगरीय प्रहरीमा

 काठमाडौं । राजधानीलगाएत बिभिन्न जिल्लाहरुमा संगठित अपराध अन्तरगत हुने गुण्डागर्दी फस्टाउनुको तिन कारण्ाँ रहेको प्रहरीको बुझाई छ । राजनितीक दवाव, प्रहरी हाकिमकै दलाल र गुण्डासँग उठवस तथा अनसुन्धानमा खटिएका प्रहरी आर्धिक प्रलोभनमा पर्दा गुण्डागर्दी फस्टाएको प्रहरीको बुभाई  छ ।

 राजधानीमा संगठित रुपले अपराध गर्दै आएका अधिकांश गुण्डाका नाईके कुनै न कुनै पार्टीका सदस्य रहेका छन् । जसले गर्दा प्रहरीलाई पक्राउ गरी अनुसन्धान गर्दा दबाब पर्ने तथा पक्राउ गर्न खटिएका प्रहरी कै सरुवा हुने डरले अपराधीलाई देख्दा आखां चिम्लिन बाध्य हुने परेको प्रहरी अधिकृतहरुको दाबी छ । 

आपराधिक संगठनका नाईकेहरुको उच्च प्रहरी अधिकृतसँग राम्रो उठबस हुने हुँदा गुण्डाको मनोबल बढेको प्रहरी अधिकृतहरुले विश्लेषण गरेका छन् । दलाल मार्फत अधिकांश गुण्डाका नाईकेले प्रहरी उच्च अधिकृतकै रकम क्यासिनोमा जुवा खेल्ने जुवाडेलाई लगानी गर्दै आएका छन् । दलालले मिटर ब्याजमा लगाएको रकम गुण्डाको प्रयोग गरी कागज गराउने वा चेक कटाउने र प्रहरी मार्फत मुद्दा दर्ता गराई जेल पठाउने नाममा घर खेत हडप्ने गरेको स्रोेतको दाबी छ । यस्ता दलाल, गुण्डा र घुस्याहा प्रहरीको लहरो नचुडेसम्म अपराध नियन्त्रण्ाँ नहुने प्रहरी अधिकारी बताउँछन् ।

राजधानीमा नाम चलेका अधिकांश गुण्डाका नाईकेसँग उच्च प्रहरी अधिकृतको साझेदारी व्यावसायी समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । गुण्डाका सदस्यका बिहे, पास्नी, बर्तमान, जन्मउत्सव जस्ता कार्यक्रमा उच्च प्रहरी अधिकृतनै सहभागी हुने हुँदा अपराधि समुहको मनोबल बढेको प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको बुझाई रहेको छ । 

पक्राउ परि अनसुन्धानको लागी हिरासमा रहेका आरोपितसँग अनसुन्धानका लागी जिम्मा पाएका प्रहरीले दलाल मार्फत आथिर्क प्रलोभनमा परि मद्दा कमजोर बनाई अदालतमा पु¥याउने हुदा अपराधिहरु तारेखमा छुट्ने र उनिहरुको मनोबल बढेको प्रहरी अधिकृतैकै दाबी छ । कमजोर कानुनको फाईदा उढाउदै आपराधीक गिराहका एक सदस्यले अपराधको जिम्मा लिए अरुलाई उन्मुक्ति दिने काममा समेत प्रहरीकै मिलोमतो हुने गरेको महानगरीय अपराध महाशाखा हनुमानढोका प्रहरी अधिकृत बताउँछन् । 

यी सब लहरोबाट टाढा रहेका प्रहरी अधिकृतलाई आईजीपी अर्यालले महानगरिय प्रहरी परिसर, अपराध महाशाखा र आयुक्तको कार्यालयको जिम्मा लगाउँने तयारी गर्दै आएका छन् । त्यसै योजना अन्तगर्त आईजीपी अर्यालले अपराध महाशाखामा निडर एसएसपी सर्बेन्द खनाललाई पठाएको स्रोत बताउँछ । अर्यालले परिसरमा र आयुक्तको कार्यालयमा पनि राजनीतिक दबाब झेल्न सक्ने, गुण्डा र दलालसंग उठबस नभएका प्रहरी अधिकृतलाई पठाउँने तयारी गरेका छन् । 

स्रोतका अनुसार आयुक्तमा एआईज रमेशसेखर बज्रचार्य र सुरेन्द्रबहादुर मध्य एकलाई पठाउने तयारीमा आईजीपी अर्याल छन् । परिसरमा एसएसपी बिक्रमसिंह थापालाई पठाउँने योजनामा अर्याल रहेको स्रोत बताउँछ । राजधानीमा गुण्डागर्दीले बिकराल रुप लिन थालेपछि त्यसको नियन्त्रणँ गर्न र राजनीतिक दबाब झेल्न सक्ने प्रहरी अधिकृतलाई आईजीपी अर्यालले आयुक्तको कार्यालय, अपराध महाशाखा र परिसरमा पठाउन थालेका हुन् । 

राजनितीक दवाव, प्रहरी हाकिमकै दलाल  र गुण्डासँग उठवस, तथा अनसुन्धानमा खटिएका प्रहरीले आथिर्क लाभ लिएर गुण्डाको मुद्दा फितलो बनाई अदालतबाट उम्कन सहज बनाएका कारण्ाँ राजधानीमा गुण्डागर्दी मौलाएको आईजीपी अर्यालको बुजाई रहेको छ । दुई बर्ष अगाडी मृतक डन चरीलाई गोली प्रहार गरेपछि पक्राउ परेका राधे भण्डारीको समुहलाई राजनितीक दबाब र  फितलो अनुसन्धानका कारण्ाँ अदालतबाट उनमक्ति भएको प्रहरीको ठम्याई रहेको छ । 

त्यस्तै नारायण्ँी अञ्चललाई नमुनाको रुपमा प्रस्तुत गरी भूमिगत संगठनका नाममा अपराधिक क्रियाकलाप संञ्चालन गर्दै आएका प्रहरीका मोष्ठ वान्डेटलाई पक्राउ गरी कानुनी दायरमा ल्याउन सफल भएका एसएसपी खनाललाई अपराध माहाशाखाको जिम्मा दिएपछि अनसुन्धान हुन नसकेका ठूला घटनाको सत्यतथ्य बाहिर आउने सक्ने आशा आईजीपी अर्यालले गरेका छन् । 

Post a Comment

0 Comments