Subscribe Us

छ बर्षपछि पक्राउ परे बलात्कारी तामाङ

बनेपा, १३ साउन । जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई छ वर्षपछि प्रहरीले पाँचखालबाट पक्राउ गरेको छ । लामो समय देखी फरार रहेका लामालाई जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको प्रहरी टोलीले पक्राउउ गरेको हो ।

 जैसीथोक गाविस–७ निवासी कामीसिंह तामाङलाई २०६७ चैत १४ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकले जबर्जस्ती करणी गरेको ठहर गर्दै सात वर्ष कैदको फैसला गरेको थियो । सो समय देखी फरार रहेका तामाङलाई सुराकीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

 पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा हँदै तामाङलाई आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments