Subscribe Us

लोकमानको आडमा अख्तियारमा खटिएका प्रहरीकोे मनपरि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै अख्तियारको दुरुपयोग हुन थालेका गुनासा आउन थालेका छन् । ५९ करोड रुपैयाँ अनियमितता गरेको प्रमाणित भए पनि अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष गणेश थापालाई चोख्याइएको छ ।

 १ अर्ब ७५ करोड रुपैयाँको त्रिपालदेखि राहतका अरु सामान भन्सारछुटमा भित्रिएको छ । भूकम्पपीडितका नाममा त्रिपाल खरिदमा ५० करोड रुपैयाँ अनियमितता गरेको सार्वजनिक भए पनि अख्तियारले सहरी विकास मन्त्रालयबाट खातापाता लानेबाहेक दोषी कसैलाई कारबाही गर्नसकेको छैन ।

 भन्सार कार्यालयहरूबाट कर्मचारीको मिलेमतोमा भूकम्पपीडितका नाममा ओभर इन्भ्वाइस९बढी मूल्य कायम गरी० गरेर लाखौं त्रिपाल ब्यापारीले भित्र्याए पनि अनुगमन हुन सकेको छैन । सहरी विकास मन्त्रालयले भूकम्प पीडितको संख्या भन्दा दोब्बर बढी संख्यामा त्रिपाल खरिद गरे पनि प्रभावितक्षेत्रमा अझै लाखौं नागरिकले त्रिपाल पाउन नसकेको गुनासो सभाषद्हरूमार्फत् आइरहेको छ । 

सहरी विकास मन्त्रालयले त्रिपाल नै नल्याई भुक्तानी दिएर अनियमितता गरेका कुरा पनि बाहिर आउन थालेका छन् । बाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले सहरी विकासले सार्वजनिक गरेको संख्याको त्रिपाल नआएको बताए पनि उनलाई पनि दबाब दिएर आउँदै नआएको त्रिपाल आएको भनेर भर्पाइ गर्न लगाइएको स्रोतले बतायो । 
अख्तियारको काम कर्तब्य ऐनमै अख्तियारको दुरुपयोग रोक्ने उल्लेख छ । तर प्रमुख आयुक्त कार्की हेलिकोप्टरमा शक्तिपीठको दर्शन गर्ने, भन्सार कार्यालय उद्घाटन गर्नेदेखि राहत बाँडेको फोटो सार्वजनिक गर्नमै ब्यस्त हुने गरेका छन् । उनले शक्तिपीठको दर्शन गरेको बीसौं लाख रुपैयाँ हेलिकोप्टर भाडा कसले दियो रु किन दियो रु यसको खोजी हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको छ ।

अरु सरकारी कार्यालयले अख्तियारको दुरुपयोग गरे कारबाही गर्ने निकाय अख्तियारले नै अख्तियारको दुरुपयोग गर्दै विदेश भ्रमणमा करारका कर्मचारी पठाएको छ । अख्तियारजस्तो गरिमामय स्थानमा उत्ताउलो र भड्किलो पोशाक लगाएर आउने करारकी कम्प्युटर अप्रेटर आकृति रायमाझीलाई अनुसन्धानविज्ञका रुपमा मलेसियामा विशिष्ट श्रेणीको अनुसन्धानविज्ञ भनेर पठाइएको कुराले पनि प्रमुख आयुक्त कार्की विवादमा परेका छन् । आयुक्तदेखि सहसचिवसम्मलाई सहज पहुँच नदिने लोकमानको कार्यकक्षमा करारकी खरिदारस्तरकी आकृतिको हैकम चल्ने गरेको बताइन्छ ।

 करारकी कम्प्युटर अप्रेटर प्रमुख आयुक्तको कार्यकक्षमा विनारोकतोक जाने गरेकी छिन् । अरु जतिसुकै उच्च ओहदाका ब्यक्ति भेट्नगए पनि इन्स्पेक्टर दानबहादुर थापाले गोप्य छ मिल्दैन भनेर पर्खाउने गरेको स्रोतले बतायो । करारकी खरिदारको चर्तिकलाबाट अख्तियारका सबै कर्मचारी वाक्कदिक्क भइसकेका छन् ।

 जागिरमा हुँदा जहाँ इन्चार्ज हुँदा पनि कारबाहीमा परेका पूर्वएसएसपी गोबद्र्धन श्रेष्ठलाई प्रमुख आयुक्त कार्कीले अमेरिकाबाट बोलाएर स्वकीय सचिव बनाएका छन् । उनले आयुक्तहरूलाई खरिदार सुब्बास्तरमा पनि नराखी मनपरी निर्णय गर्दै मलेसिया र कतारमा नेपाली कामदारको समस्या बुझ्न पठाएको टोली ह्वीस्की र घुमघाम गर्नै तल्लीन रहेको पुष्टी भएको छ ।आयुक्तहरूका पीएदेखि सुरक्षाकर्मी समेत प्रमुख आयुक्त कार्कीको सिफारिसमा फेरबदल हुने गरेको छ । प्रहरी महाशाखाका प्रमुख डीआइजी पुशपति उपाध्यायले आयुक्त केशव बरालको कार्यकक्षका प्रहरी उनको स्वीकृति बेगर नै परिवर्तन गरेका छन् । 

प्रहरी महाशाखामा डीआइजी उपाध्यायले दसौं बर्षदेखि कार्यरत प्रहरीका जुनियर र सिनियर अधिकृतहरूलाई सरुवा नगरेको तर दरबन्दीमा आएको ६ महिना पनि नपुगेकाहरूको सरुवा गरेको गुनासो छ । अख्तियारमा बर्षौदेखि कार्यरत इन्स्पेक्टरद्वय पुस्कर बस्नेत र शिव बस्नेतले उजुरीमा अनुसन्धान गर्ने क्रममा आरोपीहरूसँग मोवाइल नम्बर लिएर बाहिरै भेटघाट गरी चलखेल गर्दै डीआइजीलाई खुसी पार्दैआएकाले उनीहरूको सरुवा नभएको गुनासो पनि प्रहरी अधिकृतहरूको छ । 

बस्नेतद्वय रैथाने हुन् । तर दरबन्दी भएको ६ महिना पनि नपुगेका डीएसपीदेखि कनिष्ट अधिकृतहरू प्रायस् सरुवा भएको छ । एसपी भरत शर्मा उपेन्द्रकान्त अर्याल आइजीपी भएपछि बजेटमा सरुवा भएका थिए । तर हेडक्वाटरमा आकर्षण नदेखेपछि पुनस् उनी अख्तियारमै फर्किएका छन् । एसपी शर्माका ससुराली खलककै एसपी स्थानेश्वर रेग्मी पनि अख्तियारका रैथाने हुन् । उनी डीएसपी हुँदा पनि अख्तियारमै थिए ।

 बढुवा भएपछि पनि त्यहीँ पदस्थापन भएका हुन् । अख्तियारमा अतिरिक्त भत्ता आउने भएकाले भरत शर्मा र रेग्मीको जोडीले सबै आफ्ना निकटका नातेदार, घरमा काम गर्ने भान्सेहरूलाई पनि सरुवा गर्न खोजेको आरोप छ । सांघु साप्ताहिकबाट  साभार

Post a Comment

0 Comments