Subscribe Us

अतिवादीलाई कारबाही गर

जनताद्धारा निर्वाचित जनप्रतिनिधिहरुको निकाय संबिधानसभाबाट संबिधान निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको बेला केही ब्यक्तिको अभिब्यक्तिले मुलुकमा अराजकता निम्त्याउन खोजेको छ । संबिधानसभामा प्रतिनिधित्व गर्ने ब्यक्ति जतिसुकै कमजोर वा खराव भएपनि जनतालाई गाली गर्ने वा अपमानित गर्नु हुदैन । 

जनतलाई एकातिर जनार्दन र सार्बभौम पनि भन्ने र अर्कोतिर तिनै जनताद्धारा निर्वाचित सभासद् र संबिधानसभालाई अनेकौं उपमा दिएर अति बिरोधमा उत्रनु सभासद्जस्तो ब्यक्तिलाई सुहाउने कुरा होइन् । सार्बभौमसत्ता र राष्टिय अखण्डतामाथि नैं आच आउने गर्ने गरी अभिब्यक्ति दिने सीके राउतलाई समेत  राज्यले तह लगाउन नकसेको अवस्थामा सत्तारुढ दलकै एक सभासद्ले त्यस्तै बिखण्डनबादी कुरा गरेका छन् । 

कुनैं बेला मधेशका २२ जिल्लाका जनताले चाहे भने टुक्र्उन सक्छन भनी अभिब्यक्ति दिएर बिबादमा तानिएका तत्कालिन फोरम लोकतान्त्रिकका नेता एबं रक्षा मन्त्री शरत्सिंह भण्डारी पद्त्याग गर्न बाध्य भएका थिए । त्यस्तै मधेशलाई छुट्टै राज्य बनाउनु पर्छ भनेर अभिब्यक्ति दिने सीके राउन केही दिन कैद भूक्तान गरी रिहा भएका छन् ।

 तर सत्तारुढ दल नेपाली कांग्रेसकै निर्वाचित सभासद डा. अमरेस कुमार सिंहले संबिधानको मस्यौदामा परिबर्तन नगरिए र सीमाड्कन र नामाड्न बिना संबिधान जारी गरिए मधेश टुक्रन सक्ने चेतावनी दिएका छन् । उनको यस्तो अभिब्यक्तिले सिंगो मुलुकको शीर निहुरिएको छ । सिंहलाई सत्तारुढ दल कांग्रेसले कारबाही गर्ने हिम्मत गर्नु पर्छ । नत्र मुलुकमा धेरै अमरेस कुमार सिंहहरु नजन्मेलान भन्न सकिदैन् । 

सभासद्जस्तो मर्यादित ओहोदामा बसेको ब्यक्तिले आफ्नो इज्जत, प्रतिष्ठा, मान, मर्यादा र ख्यातिलाई ख्याल नगर्ने हो भने उनको मात्र होइन ंिसंगो मुलुकले बेइज्जती बेहोर्नु पर्ने छ । उनले नेपाली जनतासमक्ष माफी माग्न सक्नु पर्छ । कुन त्यस्तो मुलुक छ जहाका बिधायकलाई देश टुक्र्उछु भन्ने चेतावनी दिने अधिकार छ । तर सत्तारुढ दल नेपाली कांग्रेस र संबिधानसभाका अध्यक्षले उनलाई पदिय मर्यादा र सीमामा बस्न निर्देशन दिन सक्नु पर्छ । 

नत्र मुलुकमा उनको यस्तो अभिब्यक्तिले अराजकता निम्त्याउन सक्छ र राष्टियता नैं कमजोर हुन सक्छ । बिषय एक सभासद्ले दिएको अभिब्यक्तिले के बिग्रन्छ भन्ने होइन्, यस्ता अभिब्यक्ति प्रतिनिधिमूलक उदाहरण बन्दै गएभने मुलुकको एकता, सार्बभौमसत्ता, अखण्डता, राष्टियता र देशभक्तीको भावना क्षीण बन्दै जानसक्छ । यस्तो अराजकताबाट सामाजिम, सांस्कृतिक, सहमति सहकार्य र सहअस्तित्वको भावनामा ठेस पुग्न सक्छ । त्यसैले राष्ट र राष्टियता बिरुद्ध जे पायो त्यही अभिब्यक्ति दिने छुट कसैलाई पनि दिनु हुन्न ।

Post a Comment

0 Comments