Subscribe Us

नक्कली सुनलाई सक्कली भन्दै ठगी

विराटनगर । मोरङमा नक्कली सुनको गहना बन्धकी राखेर ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।     बाहुनी–६ की २५ वर्षीया हेमकुमारी चौधरी र सुन्दरदुलारी–४ का २७ वर्षीय कर्णबहादुर विकलाई पक्राउ गरिएको क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कोसीहरंैचा नगरपालिका–४ विराटचोकका मीनबहादुर गहतराजको सुन पसलमा बन्धकी राख्नका लागि ल्याएका सुनको बालालाई पसलेले जाँच गर्दा चाँदीको गहनामा सुनको जलप लगाएको थाहा पाएपछि उनीहरू गहना छाडेर फरार भएका थिए ।

उनीहरूले सुनका चार पसलमा चाँदीका गहनामा सुनको जलप लगाएर सुन पसलमा बन्धकी राखी ठगी गरेको अनुसन्धानबाट खुलेको छ । यसअघि उनीहरूले पथरीस्थित सुनका दुई पसलमा प्रतिबाला रु ४५ हजारका दरले रु एक लाख ३५ हजार र बेलबारी–२ स्थित रायमाझी सुन पसलबाट एक थाना बाला बन्धकी राखेर रु ४५ हजार ठगी गरेको अभियोग लगाइएको छ ।

    त्यसैगरी कोसीहरंैचा–६ स्थित विवाह ज्वेलर्समा एक थान चुरा राखेर रु ४५ हजार र बेलबारी–३ स्थित न्यु बराह ज्वेलर्समा एक थान नक्कली सुनको चुरा राखेर रु ४५ हजार ठगी गरेको अनुसन्धानबाट खुलेको छ । उक्त ठगीमा बाहुनी–६ का ३४ वर्षीय वीरबहादुर विक र कोसीहरंैचास्थित पञ्चकन्या ज्वेलर्सका सञ्चालक मनोज विकको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । अभियुक्तहरू फरार छन् ।
   
    सुरुङ्गा (झापा)–एक हजार रुपैयाँको नक्कली भारु नोटसहित एक व्यक्ति झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् ।

    पक्राउपर्नेमा मेचीनगर नगरपालिका– ६ निवासी २५ वर्षीय सुवास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आज बिहान मेनपा– ५ स्थित फरम टोलमा सञ्चालित एक किराना पसलमा सामान किन्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

    यसअघि प्रहरीले ठूलो परिमाणको नक्कली नोटसहित झापाको राजगढबाट तीन जनालाई पक्राउ गरेको थियो ।

Post a Comment

0 Comments