Subscribe Us

प्रचण्डलाई समिरको पाकिस्तानी कोशेली ?

काठमाडौं । लामो समय एमाओबादी अध्यक्ष पूष्पकमल दाहलकोे स्वकीय सचिव बनेका समिर दाहललाई आफ्ना ‘ठूला बा’ प्रचण्डको भारतसँग पछिल्लोे समय बढेको हिमचिम पटक्कै चित्त बुझेको छैन् । ‘भारत काड’ प्रयोग गरेर बाबुराम भट्टराई सधै माओबादी आन्दोलनमा हावी भएको उनलाई लागेको छ । 

प्रचण्डले चिन पाकिस्तानसँग बिषेश सम्बन्ध राख्नु पर्छ भन्दै बरु टाढाको दुष्ट नै भएपनि अमेरिकासँग मित्रता बढाए फरक नपर्ने उनको जिकीर छ । हेडक्वाटरमा बस्दा कति संबेदशिल काम गरियो, कति गोननियता राखियो भन्दै समिर अलि भाबुक र उद्धेलित बन्दै गएपछि आफ्ना निकटसंग भन्छन,–‘ म आफैले ठूला बा लाई पाकिस्तानको कोशेली बुझेर बुझाएँ ।’ 

उहाँको गतिशीलता, क्षमतालाई अन्तराष्ट्रियले चिन्यो । तर, नेपाली भने अझै माओबादीले नै भुल्न खोज्दै छन् । अरुहरु माओबादी नेताकै स्तरमा झार्न खोज्दैछन् । यो कसरी सुहाउने कुरा हो । त्यो पाकिस्तानी कोशेली के थियो भन्नेबारेमा भने उनि भन्दैनन् । 

थुप्रै असन्तुष्टिका बाबजुद उनी प्रचण्डको भने असाध्यै प्रशांसा गर्दै भन्छन्–‘ गरे अझै उनले गर्छन, नत्र पचास बर्ष नेपालमा क्रान्ति हुँदैन ।’ भन्ने समाचार आजको साँघु साप्ताहिकले प्रकाशित गरेको छ ।

Post a Comment

0 Comments