Subscribe Us

दीपिका रणबीर रुँदा सुटिङ युनिट नै भावुक

काठमाडौं । रणबीर कपुर र दीपिका पादुकोण अहिले रिलयमा प्रेमी प्रेमिका होईनन् । सल्लाहमै एक अर्कासँग टाढा हुने सम्झौता गरेपछि रिललाईफमा गरिने प्रेमले बेला बेला भावुक बनाउने गरेको छ । इम्तियाज अलि निर्देशित ‘तमाशा’ को सुटिङ सकिने बेला रणबीर र दीपिका बढी नै भावुक भए । 



एक वर्ष अगाडी सुटिङ सुरु भएको उक्त चलचित्रको तीन दिन अघि सुटिङ सकिएको छ । सुटिङ सकेर घर फर्किने बेला दुबै रोए । सुटिङमा आबद्ध एक प्राविधिकका अनुसार छुट्टिने बेलामा दुबैले आँखाभरी आँसु बनाएर ‘बाई’ गरेपछि सुटिङ युनिटमा आबद्ध सबै भावुक बनेका थिए ।


कुनै वेला प्रेमी प्रेमीका रहेका रणबीर दीपिका अहिले पनि असल साथी हुन् भने चलचित्र ‘तमाशा’ मा प्रेमी प्रेमिकाको रुपमा देखिएका छन् । पछिल्लो समय दीपिकाको सम्बन्ध रणबीर सिंहस“ग छ भने रणबीर कट्रिना कैफस“ग रियल प्रेममा छन् । एकताक दीपिकाले कट्रिनालाई रणबीरसँग बिबाह नगर्न सल्लाह समेत दिएकी थिईन् ।

‘साहरुख र मविच कोही आउन सक्दैन’ दीपिका
 काठमाडौं । बलिउड नायिका दीपिका पादुकोण र नायक साहरुख खानविच विवाद भएको खबरले अहिले चर्चा पाइरहेको छ । बलिउडमा आफूलाई भित्र्याउने साहरुखसँग दीपिकाले ‘प्रतिस्पर्धा स्विकार्य छ’ भनेर ट्विट गरेपछि साहरुख रिसाएको खबर सार्वजनिक भएको थियो । 

साहरुख अभिनित तथा निर्मित चलचित्र ‘दिलवाले’ र दीपिकाको मुख्य भूमिका रहेको चलचित्र ‘बाजिराओ मस्तानी’ एकसाथ प्रदर्शनमा आउन लागेपछि अहिले यो बलिउडमा समाचारको मुख्य हाइलाइट बनिरहेको छ ।

Post a Comment

0 Comments