Subscribe Us

भू–माफिया र पहिरोका कारण फेवातालको अस्तित्व संकटमा

कमल पौडेल अथक
पोखरा । फेवाताल मुनिको करिब तीन हजार रोपनी क्षेत्रफल भूमाफियाले लालपूर्जा बनाएपछि फेवातालको अस्तित्व संकटमा परिरहेकै बेला कास्कीको भदौरे र चापागोटमा गएका दर्जनौ पहिरोका कारण फेवाताल अस्तित्व थप संकटमा परेको छ । 

पहिरोले वगाएर ल्याएको माटो सिधै फेवातालमा पसेपछि निलो फेवाताल रातमाटे रंगमा परिणत भएको हो । फेवातालको मुहानमा रहेका अतिक्रमित सीमसार धानखेत समेत पहिरोले पुरेर फेवातालको पहिलेको आकारग्रहण गरेको देखिएता पनि फेवाताल भने पुरि“दै गएको छ । 

फेवातालको पानी मुनिको करिव ३ हजार रोपनी क्षेत्रफल बराबरको जमिन मालपोटका भ्रष्ट कर्मचारी र भूमाफियाको मिलेमतोमा लालपूर्जा बनिसकेको छ । फेवातालको जमिन समेत आफ्नो नाममा दर्ता गराएर कतै पानी त कतै सिमसार अतिक्रमण गरेका भूमाफियाका कारण  फेवातालको सुन्दरतामा कुरुप बनेको छ । त्यसमाथि वर्सेनी आउने वाढी, पहिरो र हर्पन खोलाको वहावले फेवातालको भविश्यमाथि चिन्ता थपेको छ । दैवी विपत्ति र भूमाफियाको आक्रमणले आक्रान्त विश्वको १० औं स्थानमा पर्ने फेवाताल अहिले कुरुप वनेकोमा पोखराबासी चिन्तित बनेका छन् ।

 विवश्वको चौथो सुन्दर हिमालमा पर्ने माछापुच्छे हिमालको छाया“ देखिने फेवाताल माथिको अतिक्रमण र दैवी विपत्तिले अहिले पोखराको पर्यटकीय भविश्य पनि संकटमा परेको छ । फेवाताल नहुने हो भने पोखराको गहना नै मेटिने भएकाले जसरी पनि संरक्षण गर्नु पर्ने विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी बताउ“छन् । अहिलेकै हिसावले अतिक्रमण भएमा खण्डमा अबकोे १ सय वर्षमा फेवाताल सवै पुरिने केही वर्षअघि जाईकाले प्रतिवेदन निकालेको थियो । अहिलेको प्राकृतिक प्रकोपका कारण संरक्षण नगर्ने हो भने फेवातालको अस्तित्व अवका १० वर्ष मै मेटिने विज्ञहरुको टिप्पणी गर्न थालेका छन् । 

२०१७ सालमा २१ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले आएर ९ हजार रोपनी क्षेत्रफलमा खुम्चिन पुगेको छ । फेवाताल संरक्षणको नाउ“मा दर्ता भएका सयौं झोले संस्थाले फेवातालको वचाउ गर्ने भन्दै विदेशी डलर ल्याएपनि काम भने गरेको पाईदैन । त्यसो त पोखरा उपमहानगरपालिका कार्यालयले पनि तालको संरक्षण गर्ने भन्दै छुट्टै कार्यालय स्थापना गरेको छ । तर उपमहानगरपालिका समेत पछिल्लो समयमा मुकदर्शक सिवाय केही बन्न सकेको छैन ।  हजारौं रोपनी तालको जमिन अतिक्रमण गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कारवाही गर्न चासो दिएको छैन ।

 पोखराकोस्थित रहेको अख्तियारको कार्यालयमा कार्यरत कर्मचारी नै ताल मिच्नेस“ग हिमचिम गरेर जा“डमा रमाउने गरेका छन् । फेवातालमा वर्सेनी १ लाख ४० हजार टन माटो मिसिने भएकोले ताल संकटमा परेको पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष विश्वप्रकास लामिछाने वताउ“छन् । उनले प्राकृतिक प्रकोप र माफियाकरण नरोकेसम्म फेवातालको संरक्षण नहुने वताए । जिविस कास्कीका पूर्व सभापति पूण्यप्रसाद पौडेलले फेवातालका लागि तत्काल नया“ योजना नथाले अवको केही वर्षमा अस्तित्व धरापमा पर्ने वताए । उनले फेवाताल वचाउन राजनीतिक इच्छाशक्ति आवश्यक भएको समेत वताए । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले फेवाताल वचाउन फेवाताल जलाधार समितिलाई सक्रिय गराउनु पर्ने वताए ।

 उनले फेवातालको अहिलेको अवस्थालाई मध्यनजर गर्दै वाढी आएका ठाउ“मा तारजाली वा“ध्ने, वोट विरुवा रोप्ने कार्य गर्नुपर्ने वताए ।  उनले फेवाताल वचाउन फेवातालमा आश्रित नागरिकहरुको सक्रियता हुनुपर्ने र अन्य क्षेत्रले साथदिनु पर्ने बताए । जिल्ला भूसंरक्षण कार्यालय कास्कीका प्रमुख उद्धववहादुर घिमिरेले फेवाताल वचाउनको लागि आफू यतिवेला काठमाडौं रहेको भन्दै विभिन्न स्थानमा हारगुहार गरेको जानकारी दिए । फेवाताललाई जोगाउन संक्षम नेतृत्वसहित वा“ध वा“धेर अहिले पहिरोले लिएको क्षेत्रफललाई तालको परिधीमा ल्याउनु पर्ने पर्यटन व्यवसायी टीकाराम सापकोटाको भनाई छ ।
 
यसरी घट्दै छ फेवातालको गहिराईः
 
फेवाताल र पोखराको पर्यटन क्षेत्र वचाउन राज्यको इच्छा शक्ति आवश्यक रहेको छ । २०६४ सालमा गरिएको सर्वेक्षणमा फेवातालको औषत गरिराई ३० देखि ४० मिटर भएपनि हाल वर्सेनी पुरिदै गएपछि यसको गहिराई २५ देखि ३० फिटमा सीमित हुन पुगेको वताईन्छ । सरकारले यो पटक वजेटमा फेवाताललाई नपारेपछि यहा“का नागरिकहरु आक्रोशित भएका छन् । त्यसैमा पहिरोले ताल पुरिदै गएपछि उनीहरु थप आक्रोशित वनेका छन् । निलो ताल अहिले रातो रंगमा परिणत भएको छ भने तालको सतहमा प्रसस्त जलकुम्भी झार समेत देखिन थालेको छ ।

Post a Comment

0 Comments