Subscribe Us

बानेश्वरका टेण्डरे गुण्डा ‘टि मिलन’ बेलायतमा व्यापारीको बडीगार्ड

काठमाडौं । दश बर्ष अघि बानेश्वरका डन महेन्द्र खड्कालाई हत्या गरि फरार रहेका टेण्डरे गुण्डा मिलन गुरुङ उर्फ ‘टि मिलन’ वेलायतमा बडीगार्डको काम गर्ने गरेको समाचार पात्त भएको छ । स्रोतका अनुसार खड्का काण्डमा प्रमुख योजनाकार र नाईके मानिएका गुण्डा टि मिलन उक्त काण्ड लगत्तै फरार भएका थिए । 

उनी भारत हुँदै लण्डन पुगेर विगत लामो समयदेखि बडीगार्डको काम गरिरहेको स्रोतले बताएको छ । नयाँबानेश्वरको होटल एभरेष्टमा सञ्चालित डिस्कोे ‘ग्यालेक्सी’ मा मिलनको समूहले १० बर्ष अघि छुरा प्रहार गरी खड्काको हत्या गरेका थिए । 

टेण्डरको कमिशनलाई लिएर खड्का र टि मिलनको समूहबीच तनाब बढ्दै जा“दा सुरु भएको तिक्तता अन्ततः हत्यामा परिणत भएको थियो । दुबै समूहले नया“ बानेश्वरलाई अपराध गर्ने आधार क्षेत्र बनाई गुण्डागर्दी गर्दै आएका थिए । 

दोलखा जिल्ला घर भएका सुक्रे लामा र हाल थुनामा रहेका सुजन पौडेल उर्फ रमेश बाहुनले टिमिलनलाई सहयोग पु¥याउ“दै आएका थिए । सुक्रे लामाको दोलखा जिल्लामा समेत एक जना कपडा विक्री गर्दै हिड्ने तराई मुलका नेपालीलाई हत्या गरेको अभियोग छ । 

तत्कालिन समयमा खड्काको हत्या भएको केहिदिन अघि काभ्रे जिल्लामा भएको दुई करोड रुपैया“ बराबर टेण्डरको कमिशनलाई लिएर उनीहरुबीच विवाद भएको थियो । खड्कालाई सिध्याएपछि मात्र एकलौछटी राज गर्न सकिने निष्कर्षसहित टि मिलनले उनको हत्या योजना बुनेका थिए ।  

हत्या भएको दिन खड्का एभरेष्ट होेटलको डिस्को ग्यालेक्सीमा आफ्ना केही सहयोगी लिएर रमाईरहेका थिए । सो सूचना बानेश्वरस्थित पिपलबोट दोहोरीमा मदिरापानमा रमाईरहेका टि मिलनको समूहले चाल पाएपछि दुई दर्जनको हाराहारीमा रहेको टि मिलनको आपराधिक समूहले आक्रमण गर्न डिस्को पुगेको थियो । डिस्कोको ढोकामा दुई समूहबीच जम्काभेट हुने वित्तिकै टि मिलन समूहका लुटेरा सुक्रे लामाले डन खड्कालाई मुख छाडेर बोलाएपछि मारामार सुरु भएको थियो । 

सधै ‘मामा’ भन्नेले मुख छाडेपछि खड्का पनि आभेगमा आएका थिए ।  त्यसपछि खड्का सुक्रेमाथि जाईलाग्दा टि मिलनको समूहले पछाडिबाट छुरा प्रहार गरेको थियो । उक्त काण्डमा संलग्न रहेका तथा दुई बर्ष कैद सजाय“ भुक्तान गरी बाहिर आएका एक ब्यक्तिले बताए । 

खड्का हत्या आरोपमा एक दर्जन अपराधि पक्राउ परेपनि हत्याका मुख्य योजनाकार टि मिलनलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन, नत त रेड कर्नर नोटिस नै जारी गरेर पक्राउ गर्न प्रयास गरेको छ ।  उता टि मिलन भने लण्डनमा मोजमस्तीको जीवन विताई रहेका छन् ।

Post a Comment

0 Comments