Subscribe Us

नेता शालिकरामको नाममा रानामगरको हप्ता असुली

काठमाडौं । एमाओबादी नेता शालिकराम जमरकट्टेलकोे संरक्षणमा गोरखाका नरबहादुर रानामगरले कलंकी क्षेत्रमा असुली धन्दा चलाउँदै आएपछि पीडितहरु मारमा परेका छन् । आफूलाई एमाओबादीको कार्यकर्ता तथा मजदुर संगठन कलंकी एरिया इन्चार्ज दाबी गर्ने रानामगरको गुण्डागर्दीका कारण यतिखेर कलंकी क्षेत्रमा व्यापार–व्यवसाय गर्ने व्यापारीहरु आत्तिएका छन् ।

 कलंकीमा मनकामना दर्शन यातायाता प्रालीको नामबाट दुई वटा गाडी चितवनमा सञ्चालन गर्दै आएका रानामगरले आफ्नो व्यवसाय अन्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि एक आपराधिक समूह खडा गरी अन्य व्यवसायीलाई दुःख दिने थालेका छन् । 

व्यवसायमा लाग्नु अगाडि चोरी, गाडीको अबैध कारोबार, अबैध डलरको ओसार–पसार लगायतको आरोपमा पटक–पटक पक्राउ परि जेल पुगेका रानामगर केही बर्ष देखी कलंकीमा टिकट काउन्टरमा काम गर्दै आएका थिए । टिकट काउन्टरमा रकम हिनामिना गरेपछि उनी कामबाट निकालिए । त्यसपछि उनलाई कसैले काम दिएनन् भने हिनामिना गरेको पैसाले गाडी निकालेर गाडी मालिक भए । व्यवसायलाई राम्रोस“ग चलाउन नसेकेका रानामगरले पछिल्लो समय कलंकी क्षेत्रमा असुली धन्दा चर्काएका हुन ।

एमाओेबादी नेता तथा मजदुर बिभागका प्रमुख जमरकट्टेलको आर्शिबाद पाएका रानामगरको ज्यादतीले सिमा नाघेपनि पीडित व्यवसायी भने उनी बिरुद्ध प्रहरीमा जाने सकेका छैनन् । पछिल्लो समय उनको गतिबिधि शंकास्पद भएपछि महानगरिय प्रहरी अपराध महाशाखा टेकुले निगरानी बढाएको छ । 

प्रहरीले कडाई गरेपछि राजधानीका चल्तीका गुण्डा नाईकेहरु अहिले सुरक्षितस्थलको खोजीमा छन् । गुण्डागर्दी बिरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत भएका कारण आफ्नो धन्दा यथाबत राखेपनि तरिका भने फेर्दै आएका छन् । तर केही राजनीतिक आबरणमा पार्टीको खोल ओडेर गुण्डागर्दी गर्ने गिरोह भने राजधानीकोे बिभिन्न ठाउ“मा सक्रिय हुदै आएका छन् । यसरी राजनीतिक आबरणमा गुण्डागर्दी गर्ने मध्य रानामगर प्रहरीको हिट लिस्टमा छन् । कामबिहीन भएपछि रानामगरले आपराधीक समुहकोे निर्माण गर्दै आफू एमाओबादीको मजदुर संगडनको एरिया ईच्चार्ज  भएको दाबी गर्दै कलंकी क्षेत्रका व्यापारीबाट असुल्दै आएको हो । 

गत साता रानामगरकै कार्यालयमा भएकोे एक खुकुरी काण्डमा योजनाबद्ध तरिकाले अबिसुन यातायात प्रालिका पदाधिकारी बिरुद्ध जाहेरी दिएपछि रानामगरको नियत प्रहरी सामु आएको हो । कहिं कतैबाट नजोडिएका व्यक्तिले खुकुरी प्रहार गरेको भन्दै रानामगरले प्रहरीको आँखामा छारो हाल्न खोजेपछि रानामगरमाथि प्रहरीले गोप्य निगरानी राखेको छ । गत साउन १८ गते राती आफ्नै कार्यालयमा रात्रीभोजको आयोजना गरी रानामगरले खुकुरी काण्ड मच्चाएका थिए । उक्त भोजमा रानामगरले आफूले जागिरबाट हातधुनु परेको दुखेसो पोख्दै  अबिसुन यातयातका मेनेजर लोप्साङ लामालाई पनि निमन्त्रणा गरेका थिए । भोजमा लोप्साङ आफ्ना एक सहयोगी लिएर गएका थिए । 

तर योजनाबद्ध तरीकाले भोजको आयोजना गरेका रानामगर मदिराले लड्ठीएका लोेप्साङसहितका व्यक्तिलाई ज्यानमार्ने उद्देश्यले खुकुरी प्रहार गर्न थाले । तर टार्गेट मानिएका लोप्साङ भने रानामगरको अखडाबाट भाग्न सफल भए । नशाले मात्तिएका रानामगरले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा आधा दर्जन उनकै  सहयोगी घाईते भए । तर रानामगरले उक्त खुकुरी काण्ड अबिसुन यातायात प्रालिका पदाधिकारीको योजनामा भएको भन्दै प्रहरीमा जाहेरी दिन लगाई उल्टै सोेझा–सिधा व्यवसायीलाई फसाउन सफल भएका छन् ।

Post a Comment

0 Comments