Subscribe Us

आईजीपी अर्याललाई चोटमाथि चोट

काठमाडौं । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याललाई चोटमाथि चोट थपिएको छ । एक महिनाको अवधिभित्र आईजीपी अर्याललाई तीन तिरबाट प्रहार भएपछि उनी तनाबमा परेका छन् । 

स्थापना कालदेखि प्रहरीलाई दिएको अधिकार खोसिनु, छोरामाथि हत्याको आरोप लाग्नु तथा यही बेलामा श्रीमती विरामी परेपछि अर्याललाई एकपछि अर्को चोट परेको हो । 

आईजीपी अर्याल र गृहमन्त्री बामदेम गौतमबीचको व्यक्तिगत दुश्मनीको कारण गौतमले प्रहरीको अधिकार कटौती गर्दै सशस्त्रलाई दिएपछि तनाबमा रहेका अर्याल प्रहरी संगठनबाट नै विदा हुने सोच बनाएको चर्चा छ ।

गत महिना आईजीपी अर्यालले प्रहरी संगठनबाट आफूलाई सहयोग नभएको भन्दै गुनासो गरेका थिए । उता आईजीपी पुत्र आयुषलाई पोखरामा आफ्नो समकक्षीलाई झ्यालबाट खसालेर हत्या गरेको आरोप लागेको छ । आईजीपीको छोरा भएको कारण घटनाको अनुसन्धान नभएको मृतकका परिवारले आरोप लगाइरहेका छन् ।

 स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखा प्रमुख सहसचिव डाक्टर गरिबदास ठाकुरले आईजीपी अर्यालका कारण आफू अन्यायमा परेको बताइरहेका छन् । उनले छोरा अनिमेषको हत्या आईजीपी अर्यालकै छोरा र उनकै साथि प्रतिशा प्रधानको मिलेमतोमा भएको भन्दै किटानी जाहेरी दिएपछि उनी अप्ठ्यारोमा परेका हुन् ।

मृतक अनिमेषका पिता ठाकुरले सहपाठी युवतीको त्रिकोणत्मक प्रेम सम्बन्धको कारण अर्यालको पुत्र आयुष र ‘इन्टर्न’ डाक्टर ललितपुरकी प्रतिशा प्रधानले अनिमेषको योजनाबद्ध रुपमा हत्या गरेको दावी गर्दै किटानी जाहेरी कास्की प्रहरीमा दिएका थिए । 

तर प्रहरीले छानबिन नै नगरी अनिमेशको मृत्यु भवितव्य भएको दाबी गर्दै आईजीपी अर्यालका छोरालाई जोेगाएको थियो । कास्की प्रहरीले भने अनिमेशको मृत्यु अत्यधिक मदिरा सेवन र सहपाठी प्रतिशा प्रधानसँगको विवादले तनावमा रहेका बेला अनियन्त्रित भई तीन तलाबाट खसेर मृत्यु भएको बताएको थियो । यि दुई घटना सेलाउन नपाउँदै आईजीपी अर्याल गत साता फेरि श्रीमतीको पेटमा खराबी आएपछि दिल्ली पुगेर उपचारपछि गत शनिबार राजधानी फर्किएका हुन् ।

Post a Comment

0 Comments