Subscribe Us

डाः शर्मालाई निलम्वन नर्गन अदालतको आदेश

काठमाडौं । स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाः नुतन शर्मालाई पुनाराबेदन अदालत पाटनको आदेशले राहत मिलेको छ । डाः शर्मालाई ३ महिनाका लागी निलम्वन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयलाई अदालतले कार्यन्वय नगर्न आदेश दिएपछि उनलाई राहत मिलेको हो ।

 न्यायाधीशद्धय तिल प्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले  डाः शर्माको पक्षमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म काउन्सिलको दर्ता कितावबाट डाः शर्माको नाम हटाउने निर्णय कार्यान्वयन नगर्नु भन्दै बिपक्षीका नाममा आइतवार अन्तरिम आदेश जारी गरेको छ । 

डाः शर्माले आफुलाई पुर्वाग्रहीपुर्ण तरिकाले मेडिकल काउन्सिलले ३ महिनाका लागी निलम्वन गरेको भन्दै मेडिकल काउन्सिल र रजिष्टार निलमणी उपाध्यायलाई बिपक्षी बनाई पाटन पुनरावेदन अदाललतमा पुनरावेदन पत्र दायर गरेकी थिइन् । 

आदेशमा नेपाल मेडिकल काउन्सिलबाट भएको डाः शर्मा उपरको निर्णय अहिले नै कार्यान्वय हुँदा पछि प्रस्तुत पुनरावेदनमा निर्णय हुँदा अन्यथा भएमा सो को औचित्य समाप्त हुने जाने अवस्था देखिने भन्दै पुनरावेदन पत्रको अन्तिम किनारा नलगोसम्म काउन्सिलको निर्णय कार्यान्वय नगर्न र नगराउन भनिएको छ । 

गर्भपतनका लागी अन्य बिशेषज्ञ चिकित्सकसँग परामर्श नलिएको आरोप लगाउदै काउन्सिलले गत साउन २४ गते डा।ःशर्माको नाम तीन महिनासम्मका लागी दर्ता कितावबाट हटाउने निर्णय गरेको थियो । उजुरीकर्ताले फसाउने नियतले स्वास्थ्य परीक्षण गराउन ल्याएकी गीता श्रेष्ठले दुई बर्ष अघि नै बच्चा जन्माइसकेकी छन् । 

सुनुवाईमा निवेदककातर्फबाट बरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्की, शम्भु थापा, डाः भिमार्जुन आचार्य र सुभाष आचार्यले बहस गरेका थिए । अदालतको आदेशसँगै स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाः शर्मा आइतवारदेखी नै काममा फर्किएकी छिन् । आफुलाई पुर्वाग्रही भएर काउन्सिलले फसाएपनि अदालतबाट न्याय पाएको डा ःशर्माले प्रतिक्रिया दिन थालेकी छिन् । ब्लाकमेलिङ गर्ने एक समूहले नियोजित रुपमा डाः शर्मालाई पैसा नदिएको भन्दै केही भ्रष्ट डाक्टरको सहयोगमा फसाएको  स्रोतले बताएको छ । 

Post a Comment

0 Comments