Subscribe Us

बन्दविरुद्ध बजार सञ्चालनमा

परासी । नवलपरासीमा लामो समयदेखि बन्द आह्वान गरिएपछि जनजीवन प्रभावित भएको भन्दै बन्दविरुद्ध बजार सञ्चालनमा आएका छन् । 

जिल्लाको नवलपुर क्षेत्र, सुनवल र भूमही आसपासका बजार खुलाइएका छन् । लामो समयदेखि जिल्ला बन्द हँुदा व्यापारी चरम मारमा परेपछि व्यवसायीहरूले बजार सञ्चालनमा ल्याएका हुन् ।

नवलपरासीमा आज दसौँ दिन पनि बन्द आह्वान गरिएको छ । विभिन्न माग राख्दै थारुहट सङ्घर्ष समिति, संयुक्त मधेसी मोर्चा र अखण्ड नवलपरासी सङ्घर्ष समितिको आह्वानमा बन्द गराइएको छ । दस दिनको बन्दका कारण जिल्लाको सदरमुकाम परासीसहित दक्षिण क्षेत्रमा उद्योग व्यापार, शैक्षिक संस्था, कलकारखाना, यातायात प्रभावित हुँदै आएको छ ।

Post a Comment

0 Comments