Subscribe Us

डाँका र चोर पक्राउ

झापा । डाँका र चोरी मुद्दाका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तद्धयलाई प्रहरीले आईतवार झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खुदुनाबारी–५ निवासी ३६ वर्षीय बलबहादुर खड्का र सिद्धिथुम्का– ७ स्थायी घर भई अर्जुनधारा– ९ मा डेरा गरी बस्ने ३८ वर्षीय शेरबहादुर तामाङ रहेका छन् । 


जिल्ला अदालत इलामले खड्कालाई डाँका मुद्दामा छ वर्ष कैद र तामाङलाई चोरी मुद्दामा सात वर्ष कैद तोकेलगत्तै उनीहरू फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी ईश्वर थापाले जानकारी दिए । 

थापाका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई २०६३ सालमा अदालतले कैद फैसला सुनाएको थियो ।

Post a Comment

0 Comments