Subscribe Us

यूनिटीकाण्डमा भाष्कर मुछिए

काठमाडौं । झन्डै ४ अर्ब ठगीको यूनिटीकाण्डका प्रमुख नाइके बिष्णु क्षेत्री र कृष्ण क्षत्री पा“च वर्षपछि भारतबाट समातिए । उनीहरु पक्राउ परेपछि यूनिटीको कहानी सुन्दा पक्राउ गर्न गएका प्रहरी अधिकारी नै अचम्ममा परे । 

यूनिटीको पैसामा देशमा धेरै व्यक्तिहरुले मस्ती गरेको कुरा उनीहरुमाथिको सोधपुछमा खुलेको छ । पत्रकारदेखि राष्ट्रपतिसम्म सेटिङ मिलाएर चलेको यूनिटीले तीन वर्षमै चार अर्बभन्दा धेरै उठाइसकेको थियो । 

फिर्ता दिन नपर्ने गरी उठाइएको सोही पैसा सबैलाई बा“डेर अवैध धन्दा चलाइएको थियो । पक्राउ परेका क्षत्री दाजुभाईले सेटिङको बारेमा प्रहरीलाई केही तथ्य खुलाइसकेको हु“ला यसमा थुप्रै व्यक्तिहरु तानिन सक्ने देखिएको छ ।

आफुहरुको कामलाई बैध बनाउने भनेर एभिन्यूज टेलिभिजनका मालिक भाष्कर राजकर्णिकारलाई मात्र उनीहरुले ५० लाख भन्दा बढी रुपैया“ दिएको उनीहरुले बताएका छन् । पैसा खाएर पनि राजकर्णिकारले कुनै काम नगरिदिएको उनीहरुले बताए । त्यस्तै सबैजसो चर्चित नेताहरुलाई पैसा बांडेको  समेत उनीहरुले बताएका छन् । तर आफुहरुको पैसा खाने नेताहरुले व्यवसाय सिध्याएको उनीहरुको दाबी छ ।

गत साउन १४ गते भारतको हिमाञ्चलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरी नेपाल ल्याएको थियो । उनीहरुलाई अदालतले दोषि ठहर गरीसकेको हुँदा  कैद भुक्तानका लागि नख्खु कारागारमा छन् । यूनिटीको पैसामा सयौंले मस्ती गरेपनि अदालतले भने १२ जनालाई मात्र दोषि ठहर गरेको छ । अदालतले दोषि ठहर गरेकामध्ये लोकबहादुर टण्डन त्यही पैसाले ग्रिनसिटी अस्पताल चलाउँदै आएका छन् । हाल उनी अमेरिका बसेर मस्ति गरिरहेको समाचार  आजको यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ  ।

Post a Comment

0 Comments