Subscribe Us

पासपोर्ट बेच्ने सभासद् घैंटेका संरक्षक

काठमाडौं । प्रहरी कारवाहीमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैँटेलाई संरक्षण दिंदै आएका सभासद् धनराज गुरुङको बिगत हेर्ने हो भने उनी पैसाका लागि जे गर्न पनि पछि पर्दैनन ।   गुरुङले  पैसाको लागि रातो पासपोर्ट बेचेर अरुलाई फसाएका थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले तत्कालिन प्रतिनिधिसभाका सदस्य सांसद हस्तबहादुर मल्ल र रामचन्द्र अधिकारी तथा नेपाल तरुण दलका केन्द्रीय सचिव धनराज गुरुङलाई २०५५ साल मंसिर १३ गते साधरण सदस्य नरहने गरी हटाएको थियो  । 

सांसद मल्ल र अधिकारीले सांसदको रातो पासपोर्ट गुरुङ मार्फत तस्कर अमिर गुरुङलाई बेचेर बिदेश पठाएको अभियोग लागेको थियो  । तीनै जनालाई पार्टीले दुई बर्षसम्मको लागि पार्टी साधारण सदस्यबाट हटाएको थियो । सोझा एबं भलाद्मी स्वभावका सांसद अधिकारीलाई ललाई फकाई तरुण दल सचिबको हैसियतले धनराजले पासपोर्ट लिएका थिए । 

गत बिहिबार बिहान घैंटेले सर्च गर्न आएका प्रहरीमाथि उल्टै आक्रमण गरेपछि   प्रहरीले उनलाई  कपुरधारामा गोली हानेको थियो । प्रहरीमाथि आक्रमण गरेकाले जवाफी फायरीङमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घैंटेले पटक पटक प्रहरीमाथी आक्रमण गर्दै आएका थिए । पाँच बर्ष पहिले प्रहरीमाथी पेस्तोल तेस्याउने क्रममा उनि घाईते भएको थिए । दरवारमार्गमा अमित लामालाइ गोली प्रहार गरी फरार घैंटे लाजिम्पाटस्थित शंकर होटलमा रहेको सुचना प्रहरीले पाएको थियो । 

सुचना पाए लगत्तै शंकर होटल पुगेको प्रहरी टोली माथी नै घैंटेल पेस्तोल तेस्याए लगत्तै प्रहरीको जवाफी कारवारहीमा उनको तिघ्रामा गोली लागेको थियो । घाईते घैंटेलाई त्यसबेलामा पनि प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । तर गत बिहीवार अस्पताल पुर्याएको ४५ मिनेट पछि उनलाई अस्पतालले मृत्यू भएको घोषणा गरेको थियो ।

Post a Comment

0 Comments