Subscribe Us

किन हतियार भित्र्याउँदै छन् विल्लव

काठमाडौं । माओवादीले १२ बर्षे जनयुद्ध लडेकै शैलीमा आफ्ना कार्यकर्तालाई भेला, प्रशिक्षण र तालिम गराउँदै आएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व माओवादीको पछिल्लो क्रियाकलाप राज्य विरोधी देखिन थालेको छ । 

विप्लवले जनयुद्ध लडेका, बाबुराम, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएका, राज्यले अयोग्यको ट्याग दिएका कार्यकर्तालाई संगठित गर्दै तयारी अबस्थामा राखेका छन् । 

पछिल्लो सूचना अनुसार भारतबाट विप्लवले ५ हजार अध्याधुनिक (एके ४७ ) हतियार सर्लाही हुँदै नेपाल भित्र्याएका छन् । उक्त हतियार सुरक्षित ठाउँमा लगेर भण्डारण गरिएको स्रोतले बतायो । विप्लवको नेकपा माओवादी पार्टी मोहन बैद्य ‘किरण’ सँग एक बर्ष अगाडि टुक्रिएर हो भने उनी महासचिव हुन् । उनलाई खड्क बहादुर विकलगायतका नेताले साथ दिएका छन् । 

जनयुद्ध विसाएर सत्ताभोगमा आएको माओवादीबाट फुटेर आधा दर्जन पार्टी बनिसकेका छन् । कम्यूनिष्टहरुको अन्तर्राष्ट्रिय संगठन रिमका सदस्य समेत रहेका विप्लवलाई उक्त संस्थाको सहयोग रहेको छ । रिमले विश्वभर छरिएर रहेका उग्र कम्यूनिष्टलाई मात्र सहयोग गर्दै आएको छ । संसदिय धार अपनाए र संसोधनवादी भएको आरोप लगाउँदै प्रचण्ड र बाबुरामलाई रिमले कारवाही गरिसकेको छ ।

Post a Comment

0 Comments