Subscribe Us

आईजीपी रेग्मीले थाले भर्ना, सरुवा र बढुवा मोलमोलाई

काठमाडौं । मुलुकमा गुप्तचरी गर्ने एक मात्र निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख आईजीपी दिलीप रेग्मी र कनिष्ठ एआईजी गणेश अधिकारीको मिलेमतोमा कमाउधन्दाको थालनी भएको छ । आफूलाई एआईजी बनाउनदेखि रकमको चलखेल गर्दैै बढुवा हुँदै आएका रेग्मीले अहिले पैसा उठाउन आफ्नो विश्वासिला पात्रलाई नै बजारमा खटाएका छन् । 

विभाग प्रमुख बनेपछि रेग्मीले कनिष्ठ एआईजी अधिकारीको सहयोगमा दुवैको बढुवामा भएको खर्च उठाउन जथाभावी नियुक्ती, बढुवा र सरुवा गर्दा आर्थिक चलखेलको आधारमा गर्न थालेपछि यो रहस्य बाहिर आएको हो । त्यसो त, रेग्मी र अधिकारी बेलायती सहयोगमा १२ बर्षे जनयुद्ध दबाउन गरिएको अपरेसन ‘मुस्ताङ’ बाट अकुत सम्पत्ति थोपर्ने बरिष्ठ अधिकृत हुन् ।

विगत दुई दशकदेखि ‘हिजडा’ सावित हुँदै आएको विभाग राजनीतिक भर्ति केन्द्र बाहेक हुन सकेको छैन । मुलुकको हितमा राअविले कुनै सिन्को भाँच्न सकेको छैन । यस्तो विभागको औचित्वमाथि प्रश्नचिन्ह उठिरहेका बेला रेग्मी र अधिकारीको धमाउधन्दाले विभाग झन दुर्गन्धित भएको छ ।

दुई साताअघि २१ जना प्रहरी निरीक्षक र ३१ जना असई लोकसेवाबाट भर्ना गरिँदा आर्थिक लाभका आधारमा गरिएको समेत खुलासा भएको छ । गुप्तचरको नेपाल विशेष सेवा नियमावली ०४४ को परिच्छेद ५ को ५.२ महल ‘ग’ मा बरिष्ठ  अनुसन्धान सहायक र अनुसन्धान सहायकको बढुवा समितिमा गुप्तचर विभागका बरिष्ठ एआईजी अध्यक्ष हुने ब्यबस्था छ ।

 तर संगठन प्रमुख रेग्मीले रकमको चलखेल गर्न कनिष्ठ एआईजी अधिकारीलाई समितिको अध्यक्ष बनाएर नियमका ठाडो उल्लघंन  गरेका थिए । जुन राअविको ऐन, नियम विपरित भएको बन्दै अर्का बरिष्ठ एआईजी देवराज भट्ट आक्रोशित बनेका छन् । 

विभागको प्रनिको छनौट समितिमा गृहसचिव अध्यक्ष, विभाग प्रमुख सदस्य, बरिष्ठ एआईजी सदस्य, गृहमन्त्रालयको सहसचिव सदस्य, बरिष्ठ डीआईजी सदस्य, विभाग प्रशासनकै एसएसपी र एसपीमध्येबाट एक सदस्य रहने ब्यबस्था छ ।  सिपाहीको छड्को भर्नामा समेत नियम र कानूनको आधारमा भन्दा रकमको मोलमोलाईको आधारमा भर्ना भएको विभागकै असन्तुष्ट अधिकृतले बताएका छन् । 

उता बरिष्ठ एआईजी भट्टलाई कामै नहुने कार्य विभागमा लगेर थन्काइएको छ भने अधिकारीलाई प्रशासनमा । त्यसैगरी, विभागले चार जना एसएसपी र १७ जजा एसपीमा भएको बढुवामा समेत कनिष्ठलाई बढुवा दिएपछि विभागमा चरम असन्तुष्टि छाएको छ । कमाउधन्दामा संगठन प्रमुख रेग्मी र अधिकारी मुस्ताङ अपरेसन काण्डदेखि नै एक हु“दै आएका छन् । 

नयाँ भर्ना, सरुवा र बढुवा गृहमन्त्री बामदेव गौतम, रेग्मी र अधिकारीको सेटिङमा रकमको मोलमोलाईपछि हुने गरेको छ । विभागले आर्थिक प्रलोभन र शक्ति केन्द्रको सिफारिसका आधारमा निकै कनिष्ठ एसपी ओम जोशी, कुलदेव थापा, सुनिल ढकाल र हरिहर पौडेललाई एसएसपीमा बढुवा गरिएको छ भने बरिष्ठता एक नम्बरमा रहेका एसपी प्रकाश पाण्डे, क्रमशः हुतराज थापा, मधु कार्कीलाई बढुवाबाट बन्चित गराइएको छ ।

Post a Comment

0 Comments