Subscribe Us

बिदेशमा क्यासिनो खोल्दै नेपालका क्यासिनो किङ

काठमाडौं । जुवा खेल्ने र खेलाउने धन्दाबाट नै करोडपति बनेका केहि दलालले विदेशमा क्यासिनो सञ्चालन गरिरहेका छन् ।

 नेपालमा क्यासिनो ऐन तथा नीति स्थिर नुहुु“दा नेपालीलाई क्यासिनो प्रवेशमा वन्देज भएपछि नेपाली दलालहरु विदेशतिर आकर्षित भएका हुन् । गैरकानूनी रुपमा कमाएको पैसालाई वैध बनाउन दलालहरुले विदेश गएर क्यासिनो व्यवसायमा लगानी गर्न थालेका हुन् । 

नेपालमा अवैध तरिकाले कमाएको पैसा विदेशमा लगानी गरी क्यासिनो खोल्नेमा क्यासिनोका बादशाहका नामले परिचित बलराम सापकोटा उर्फ बले र ज्ञानेन्द्र श्रेष्ठ उर्फ ‘बाबा’ अग्रपक्तिमा रहेका छन् । जुवाडेले बलराम सापकोटा उर्फ बलेलाई बङलादेशमा बल्लु भाईका नाममा चिन्न थालेका छन् भने नेपाल प्रहरीको वान्टेड सूचिमा रहेका ज्ञानेन्द्रलाई श्रीलंकामा बाबाका नामले । काभ्रेमा खान समेत नपुग्ने परिवारका बलेले यसै बर्षदेखि ढाकामा क्यासिनो सञ्चालनमा ल्याएका हुन् भने बाबाले विगत पा“च बर्षदेखि श्रीलंकामा क्यासिनो सञ्चालन गर्दै आएका छन् । 

प्रहरीमा वान्टेड रहेका बाबालाई राजधानीका क्यासिनोमा प्रवेश भयो ।  त्यसपछि उनी श्रीलंका पुगेका हुन् । उता बलेले अबैध सम्पत्तिलाई बैध बनाउन ढाकामा क्यासिनो सञ्चालनमा ल्याएका हुन् । उनीस“ग अवैध रकम यति छ कि उनी राजधानीबाट ३० किलोमिटरमा रहेको उनको घर आवतजावत गर्नलाई समेत हेलिकोप्टर प्रयोग गर्छन् । 
उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आर्शिवाद रहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले यि दुबैले थुपारेको अवैध सम्पत्तिमाथि छानविन थालेता पनि राजनीतिक दबाबका कारण छानविन विचैमा अड्किएको छ । 

राजधानीका पा“च चर्चित डनका मुद्दा भने अनुसन्धानपछि सीआईबीले अदालतमा दर्ता गरेको थियो ।  तर बले, बाबा, कबिन शाक्य, अजय सेडा“ईको मुद्दालाई भने सीआईबीले अघि बढाउन सकेको छैन । बाबा बाहेक अन्यको हकमा सीआईबीले एक चरणको बयान समेत लिईसकेको छ । स्रोतका अनुसार उनीहरुको सम्पत्ति रोक्का भइसकेको छ । 
ललितपुरको एक सांघातिक आक्रामणमा बाबा मुछिएका कारण पक्राउ पर्ने डरले नेपाल आउ“दा पनि भूमिगत रुपमा बस्ने गरेका छन् । बाबा र बलेले नेपालबाट जुवाडेलाई बिभिन्न प्रलोभन देखाई ढाका र श्रीलंका पु¥याएर जुवा खेलाउने र घरबहारविहिन बनाउने गरेका छन् । 

नेपालमा भएको जग्गाजमिन, घर, गाडी तथा सुन डिपोजिट गर्न लगाउ“दै बाबा र बलेले नेपाली जुवाडेलाई बिदेशमा आफ्नो लगानीमा रहेका क्यासिनोमा लुट्दै आएका छन् । बलेले ढाकामा क्यासिनो खोल्नु अघि नेपाली जुवाडेलाई भारतको सिक्किम र गोवाका क्यासिनोमा पु¥याउने गर्थे । 

हाल बले जुवाडेबाट लुटेको पैसाले अस्पताल, कलेजलगायत विभिन्न ब्यवसायमा लगानी गरिरहेका छन् । आफ्नो धन्दालाई सुरक्षित बनाउन बलेले काठमाडौं परिसरमा एसएसपी दिनेश अमात्य ल्याउन प्रयासरत गरिरहेका छन् । एसएसपी अमात्य र बलेबीच घनिष्ठता रहेको छ भने बलेको ईशारामा नाच्न जतिबेला पनि उनी तयार हुने चरित्रका हुन् । सचिवालय स्रोतका अनुसार काठमाडौं परिसरमा हाल दिल्ली दुतावासमा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई पठाउने अन्तिम तयारी भएको छ ।
    

Post a Comment

0 Comments