Subscribe Us

पेशाको बेईज्जत गर्दै ठगीमा सक्रिय यि ठेकेदार

काठमाडौं । नियमन गर्ने निकाय नै भ्रष्टाचारमा डुबेपछि मुलुकको बिकाश हुन्छ भनेर कसरी कल्पना गर्न सकिन्छ ? देश बिकाशको लागि सबैभन्दा महत्वपूर्ण पाटो भनेकै निर्माणको हो । 

राज्यको कानून पालना गर्दै निर्माणको जिम्मा लिने निमार्ण व्यवसायी अर्थात ठेकेदार नै ठग भए भने मुलुकको विकास कसरी संभव छ ?

प्रसङ हो, आफूलाई ठूलो ठेकेदार दाबी गर्ने तर राज्यदेखि दुनियाँ लाई ठगी गर्दै हिड्ने ठेकेदार राजकिशोर गुप्ता र उनका छोरा रोहितको । गुप्ताका बाबु–छोराले राज्यको नियमन गर्ने निकायलाई समेत प्रभाबमा पारेर बर्षौदेखि ललितपुर हात्तिबन सडकखण्ड अलपत्र पारेका छन् ।

 राज्यको निकायले उक्त सडकखण्ड बारे कुनै चासो दिएको छैन । जसबाट पनि सम्बन्धित निकाय विकेको अनुमान गर्न सकिन्छ । ज्योती निर्माण सेवाको नामबाट दुई बर्ष अगाडि बाटो कालपत्र गर्ने जिम्मा लिएको उक्त सडकखण्ड अहिलेसम्म पुरा भएको छैन । 

बाटो कालोपत्र नहुँदा दैनिक लाखौं यात्रु प्रभावित बन्न पुगेका छन् । ६ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता ललितपुर सडक डिभिजन कार्यालयस“ग गरेता पनि आर्थिक चलखेल गरेका कारण निर्माण पुरा  हुन सकेको छैन । गुप्ताका बाउ–छोराले भष्ट ईन्जिनियर र डिभिजन कार्यालयका केही भ्रष्ट कर्मचारीलाई मिलाई रकम भने कुम्ल्याई सकेको स्रोतको दावी छ । 

गुप्ताका बाउ–छोराका कारण ठेकेदारी पेशाकै यतिखेर बदनाम हुन थालेको छ । जनकपुर घर भएता पनि राजधानीको सिनामंगलस्थित आफ्नै घरमा बस्दै आएका गुप्ताले आधा दर्जन सप्लायर्सको समेत निद हराम पारेका छन् । कोटेश्वर कौशलटार ६ लेन सडक अन्र्तगत करिडोर निमार्ण गर्ने जिम्मा लिएका गुप्ता बाबुछोराले कच्चा पदार्थ सप्लाई गर्नेहरुको भुक्तानी नगरी नगरेपछि उनीहरु कानूनी उपचार खोज्न सक्रिय भएका छन् । सामान सप्लाई गर्दा मौखिक सहमति अनुसार सामान उठाउने ठेकेदारहरुले कच्चा पदार्थ सप्लाई गर्ने ब्यवसायीलाई भने ठगी गरिरहेका छन् । 

गुप्ता बाउ–छोराले कोटेश्वर सडक खण्ड अन्र्तगत करिडोर निर्माणको क्रममा क्यालिटी रोडाढुंगा उद्योगबाट २५ लाख बराबरको समान खरिद गरेता पनि विगत ३ बर्षदेखि भुक्तानी नदिएको पीडितले बताएका छन् । पैसा माग्न जा“दा बाउले छोरा देखाउने र छोराले बाउलाई देखाइ लुकामारीको खेल खेल्ने गरेको पीडितले बताए ।

Post a Comment

0 Comments