Subscribe Us

यि हुन शैक्षिक परामर्शको नाममा मानव तस्करी गर्ने कन्सलटेन्सी,
इक्यान र आइरिनकै सदस्यहरुद्धारा सञ्चालित कन्सलटेन्सी पनि अवैध धन्दामा

काठमाडौं । शैक्षिक परामर्श प्रदान गर्ने नाममा अवैध तरिकाबाट मानव तस्करी, नक्कली कागजपत्रका आधारमा बैंक ग्यारेन्टी बनाउने तथा हुन्डीको कारोबार र कीर्ते धन्दा सञ्चालन गर्दै आएका ठूला कन्सलटेन्सीहरु पनि प्रहरीको निगरानीमा परेका छन् ।

 शिक्षा  मन्त्रालयमा दर्ता भएका त्यस्ता केही कन्सलटेन्सीहरुले पनि मेनपावरको जस्तै काम गर्दै आएको प्रहरी स्रोत बताउँछ  । 

महानगरीय प्रहरी अपराध महाशाखाले दोस्रो चरणमा त्यस्ता कन्लसटेन्सीहरुलाई छानबिनको दायरामा ल्याउने सूचना पाएपछि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष राजेन्द्र बरालले केही दिन अघि पत्रकार सम्मेलन गरी छापा हान्न रोकेर व्यवहारिक काम गर्न महाशाखा र शिक्षा मन्त्रालयलाई आग्रह गरेका थिए ।

इक्यान र आइरिनकै सदस्यहरुद्धारा सञ्चालित केही कन्सलटेन्सीहरुले अवैध धन्दा गरेको रेकर्ड मन्त्रालयले महाशाखालाई पठाइसकेको छ । त्यस्ता कन्सलटेन्सीहरुले नक्कली बैंक स्टेटमेन्ट बनाउने गरेकै कारण अष्ट्रेलियाले दुई बर्ष  पहिले सयौं नेपाली विद्यार्थीको भिसा  रद्द गरेर अलपत्र बनाएको थियो भने केही कन्सलटेन्सीलाई अष्ट्रेलियन दूताबासले शिक्षा मन्त्रालयलाई पत्र काटी कालो सूचिमा समेत राख्न लगाएको थियो ।  कालो सूचिमा पर्ने मध्य कंगारु एजुकेशन फाउण्डेशनपनि एक हो । अहिले तिनै कालो सूचिमा परेका कन्सलटेन्सीका सञ्चालकहरु छापा हान्न रोक्नु प-यो भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिन थालेका छन् ।

शिक्षा मन्त्रालयले निर्देशिका बनाए पनि व्यवसायीहरुबीचकै विवादका कारण त्यो लागू हुन सकेको छैन । जसक्रममा ३४ कन्सलटेन्सी सञ्चालकहरु पक्राउ परिसकेका छन् । पहिलो चरणमा महाशाखाले शिक्षा  मन्त्रालयबाट समेत अनुमति नलिएका कन्सलटेन्सीहरुका सञ्चालकहरुलाई पक्राउ गरी ठगी मद्दामा अनुसन्धान अघि बढाएको छ । काठमाडौं र ललितपुरका ३४ वटा कन्सलटेन्सीहरुमा छापा हानी सञ्चालकलाई पक्राउ गरेको थियो । विदेशमा पढ्न शैक्षिक  परामर्श दिने र भाषा  पढाउने मात्र अनुमति पाएका कन्सलटेन्सीहरुले मेनपावरको जस्तो गरी विदेश पठाउने काम गरेको खुलेको छ ।

पुतलीसडकको इष्टवेष्ट मेनपावरबाट त सरकारी छापहरु समेत बरामद भएका छन् । त्यस्तै कालिमाटीको एक्सप्रेस इन्ट्री एजुकेशन कन्सलटेन्सीले त दक्षिण  अफ्रिकामा सेक्युरीटी गार्डमा पठाउने भन्दै ११ जनालाई ठगी गरेको थियो । यतिबेला ३५ जना कन्सलटेन्सी सञ्चालकहरु प्रहरी हिरासतमा छन् । ठगी मद्दामा अदालतबाट म्याद लिएर प्रहरीले छानबिन गर्दै आएको छ ।

प्रहरी हिरासतमा हुनेहरुमा एक्सप्रेस इन्ट्री एजुकेशनका साधना बस्नेत र रामकुमार रंजितकार, गुडविल कन्सलटेन्सीका प्रवीण शाही र प्रेमलाल नेपाली, ओएसिस जापनीज ल्याङवेज कन्सलटेन्सीका अमृतप्रसाद पन्थ छन् । त्यस्तै प्रहरीले ग्रिन माउण्टेन कुपण्डोलका राजेन्द्र पोखरेल, फूयुचर एजुशेकसन कन्सलटेन्सीका बिजयकुमार बस्नेत, सिएसए नेपाल लगनखेलका दिपेन्द्र बज्राचार्य, सुभारु कन्सलटेन्सी लगनखेलका अन्जानकुमार थापा, न्यूयान कन्सलटेन्सीकी रश्मी श्रेष्ठलाई पक्राउ गरेको छ । त्यस्तै बागजबारस्थित एटुजेड कन्सलटेन्सीका शिव अर्याल, बागबजारकै सिकास ब्रिजस्टडी टू चाइनाका डा. एरीस उप्रेती, क्यानन इन्टरनेशनल लोकेन्द्र सुवेदी, ओसियस माइग्रेसन कन्सलटेन्सीका राम थापा, सबलिङ कन्सलटेन्सीका समर शाह, थिङक एजुशेकस जीवन थापा र सुदीपचन्द्र पोखरेल पनि पक्राउ परेका छन् ।

त्यस्तै बागबजारकै मिराज जापनिज ल्याङवेज सेन्टर एण्ड कन्सलटेन्सीका बागबजार सुदीप पराजुली, नाइस एजेकुशेन पुतलीसडकका दामोदर शर्मा, वेभ इन्टरनेशनल पुतलीसडकका दीपक पुडासैनी, एडुफाइ कन्सलटेन्सीका प्रकाश पाठक ग्लोबल एजुकेशन हब बानेश्वरकी सपना पौडल पनि पक्राउ परेका छन् । पास्कल टेक्नो एजुकेशन कन्सलटेन्सी बानेश्वरका देवकृष्ण केसी, सेक्युर लाइफ इन्टरनेशनल ग्रुप चाबहिलका रामचन्द्र ओली, लोटस फ्यावर इन्टरनेशनल चाबहीलका ज्ञानेन्द्र सिम्खडा र शिशिर वाग्ले, मिसन अर एजुकेशन कन्सलटेन्सी कमलादीका प्रभात श्रेष्ठ, स्टाईवार्ड एजुकेशन एण्ड रिसर्च सभिर्सका किरण अधिकारी पनि प्रहरी थुनामा छन् ।

पुतलीसकडस्थित इष्ट वेष्ट जापनीज ल्याङवेज एकेडेमीका सञ्चालक रोशन गुरुङ भने फरार छन् । सबैभन्दा धेरै इष्ट वेष्टबाटै २७ वटा पासपोर्ट बरामद भएको छ । कन्सलटेन्सीबाट ठूलो संख्यामा पासपोर्टहरु समेत बरामद भएकाले उनीहरुले मेनपावरको काम गर्दै आएको प्रष्ट भएको एक अधिकारी बताउ“छन् । उनीहरुले विदेश जानलाई परामर्श दिने अनुमति मात्र सरकारबाट लिएका छन् ।

यता काठमाडौं महानगरपालिकाभित्र कार्यालय स्थापना गरी सञ्चालित दुई सय ५० भन्दा बढी एजुकेशन कन्सल्टेन्सीले स्थानीय निकायलाई बुझाउनु पर्ने कर नबुझाएको पाइएको छ । महानगरपालिकाका अनुसार महानगरपालिकाको क्षेत्र भित्र रहेका यस्ता कन्सल्टेन्सीले सञ्चालनमा आएदेखि नै कर बुझाएका छैनन् ।

पटक–पटक सार्वजनिक सूचनाबाट कर तिर्न आग्रह गर्दा पनि सयौं एजुकेशन कन्सल्टेन्सी कर नबुझाई अटेर गरी बसेका छन् । त्यस्ता कन्सल्टेन्सीहरुले आथिर्क बर्ष  २०५५/०५६ देखि महानगरपालिकालाई कुनै कर बुझाएका छैनन् । एजुकेशन कन्सल्टेन्सीहरुले व्यवसाय कर, विज्ञापन कर, घरबहाल कर र आफ्नो घरजग्गा भएमा घरजग्गा कर समेत बुझाउनुपर्दछ । तर हाल सम्पूर्ण करदाताहरुको अपडेट डाटा तयार भइसकेको हु“दा कन्सलटेन्सीहरुलाई समस्या पर्ने संकेत देखिएके छ । कर नबुझाउने एजुकेशन कन्सल्टेन्सीहरुमा नाम चलेका धेरै छन् ।

अमेरिकन एजुकेशन कन्सल्टेन्सी, अप्सन एजुकेशन कन्सल्टेन्सी, रोयल एजुकेशन फाउण्डेसन प्रालि, युरो नेपाल एजुकेशन कन्सल्टेन्सी, एजुकेसन सभिर्सेज सेन्टर प्रालि, इन्फोम्याट«िक्स एजुकेसन एण्ड बिजनेस फाउण्डेसन प्रालि, आइन्स्टाइन एजुकेसन सेन्टर प्रालि, ग्लोबल एजुकेसन काउन्सेलिङ सेन्टर प्रालि, स्पिड इन्टरनेशनल प्रालि, युरो नेपाल एजुकेशन कन्सल्टेन्सी, पर्फेक्ट एजुकेसन कन्सल्टेन्सी प्रालि, काठमाडौं अल्फाबिटा इन्स्टिच्युट प्रालि, ओपेरा एजुकेशन कन्सल्टिङ प्रालि, द नेक्स्ट एजुकेशन कन्सल्टेनसी, नेपारु एजुकेशन कन्सलटेन्सी, एजुकेशन प्लानेट प्रालि, निर्भाना एजुकेशन कन्सलटेन्सीलगायत रहेका छन्

Post a Comment

0 Comments