Subscribe Us

जङ्गली जनावरले गाउँ आतङ्कित

कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली जनावरका कारण राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासीको मध्यवर्ती र सो आसपास क्षेत्रका स्थानीय बासिन्दा आतङ्कित बनेका छन् ।

 निकुञ्ज र मध्यवर्ती वन क्षेत्रबाट आउने गैँडा, बँदेल, हरिणलगायतका जनावरले धानबालीमा नोक्सान पु¥याउँदा हैरानमा परेको देवचुली–१० का स्थानीय एवम् वडा नागरिक मञ्चका संयोजक तुलसीराम घर्तीमगरले बताए । 

निकुञ्जबाट जनावरले धान खानेभन्दा पनि बढी कुल्चने र आहाल खेल्ने गर्दा नोक्सान भएको छ । उनले भने–“हिउँदमा लगाएको गहँु, मसुरो, तोरीहरू आधाजसो बाली जनावरकै लागि लगाएको जस्तो भएको छ ।”

जङ्लबाट आउने जनावर रोक्न स्थानीयवासीले विभिन्न उपाय अपनाए पनि त्यो दीर्घकालीन हुन नसकेको उनले बताए । सो क्षेत्रमा बर्सेनि जङ्गली जनावरले ठूलो क्षति पु¥याउने गरेको छ । तर कुनै क्षतिपूर्ति नपाएको उनीहरूको गुनासो छ ।

 निकुञ्ज क्षेत्रबाट आउने जङ्गली जनावरका करण देवचुली–१० सँगै अन्य क्षेत्रका स्थानीयवासी पनि पीडित रहेका छन् । मध्यवर्ती क्षेत्रमा मुख्यरुपमा गैँडा, बँदेल, हरिणका कारण स्थानीयले सास्ती खेपेका छन् भने आसपासको क्षेत्रमा बँदेलको आतङ्क रहेको छ ।

कावासोती नगरपालिकाका अधिकांश सामुदायिक वनमा रहेका बँदेलबाट स्थानीयवासी हैरानीमा परे छन् । सामुदायिक वनको संरक्षणसँगै वन्यजन्तु बढेको कावासोती–७ का गङ्गाधर भुसालले बताए । बँंदेलले सबैभन्दा बढी मकै, धान, आलु नष्ट गरेको छ ।

नवलपरासीको देवचुली, गैँडाकोट, पिठौली, रजहर, प्रगतिनगर, अग्र्यौली, कोल्हुवा, कुमारवर्ती, नारायणी, प्रसौनीलगायत क्षेत्रका स्थानीयवासी निकुञ्ज क्षेत्रबाट आउने जनावरले खेतीबाली नष्ट गरिदिँदा पीडित बनेका हुन्

Post a Comment

0 Comments