Subscribe Us

यसरी सुरुवात भयो राजधानीमा गुण्डाराज,
दुई ग्याङ बाट यसरी बन्न पुगे १० आपराधिक समुह

काठमाडौं । देशमा चलेको ३७ वर्षलामो पञ्चायती ब्यवस्था नै गुण्डागर्दीको उदगम भएको जानकारहरु बताउछन् । पंचायतीकालबाट शुरु भएको गुण्डागर्दीको लहरो लोकतत्रसम्म आईपुग्दा फाँड्न नसकिने गरी झाँगिएको छ । 

पञ्चायतकालमा नेताहरुले चुनाव जित्नको लागी प्रयोग गरेका युवाहरु लोकतत्रसम्म आईपुग्दा कोही नेता बन्न पुगे भने कोही गुन्डाका नाईके । गुण्डागर्दीको बाटो हुदै राप्रपाका जगत गौचन नेताहुदै सहायक मन्त्री समेत बने । 

पञ्चायतकालमा चुनाव जिताउन प्रयोग भएका दिवाकर घले, लालकाजी लामा, दिपक मनाङे भनिने राजिब गुरुङ  र मिलन चक्रे भनिने मिलन गुरुङ  मध्य मनाङे र चक्रे राजधानीका अपराधीक समुहका ठूला नाईके नै बन्न पुगे । घलेले खासै जमाउन सकेनन् । लामा यहिलेपनि पशुपति शमशेर राणाले नेतृव्य गरेको राप्रपा पार्टीमा राजनिती गदै छन् । तर चक्रे र मनाङगे अपराधिक क्रियाकलापमा बढी नै सक्रिय बन्न थाले । राजनितीक नेताले चुनावमा र  निमार्ण जगतका ठेकेदारले टेण्डर कव्जा गर्न चक्रे र मनाङगेको प्रयोग गर्न थाले

 टेण्डरबाट आर्थिकसमेत हातलाग्न थालेपछि टेण्डर कव्जाको बिषयलाई लिएर ग्याङवाार शुरु हुन थाल्यो । एक ग्याङ चक्रे र अर्को दिपक मनाङगे । कसले गाडी चड्ने, रामो लगाउने जस्ता देखा सिकीका कुराले गर्दा आफ्नो असहमित ईच्छा पुरागर्न व्यापारीसँग हप्तावारी लिनपनि सुरु भयो । बिरोजगारका कारणले ग्याङमा सामेल हुने युवापनि बड््न थाले । 

जोशजाङर भएका युबा ग्याङवारमा जसले राम्रोसँग लडांई लड्न सक्थ्यो उसले भागबन्डामा हिसाब किताबपनि राम्रै पाउने गर्थे । मनाङगे र चक्रेमा चक्रे बढी नै शक्तिसाली बन्दै गए । ग्याङवारमा चक्रे आफै मैदानमा उत्रिन्थे भने मनाङगे सहयोगीको भरमा लडांई लडेन थाले । यो  बेलासम्म राजधानीमा अन्य केहि टोले डनको पनि आगमन हुन थालीसकेको थियो । चाबहिलका राजु गोर्खाली तेस्रो डनको रुपमा राजधानीमा स्थापति बन्न खोजे । उता नयाँबानेश्वमा सेक्सी उफ मिलन श्रेष्ठेपनि आफ्नो क्षेत्रमा बर्चश्व कायम गर्नथाले । यनिहरु बिच क्षेत्रका कुरालाई लिएर मनमुटाब सुरु हुनथाल्यो । 

अन्य टोलका अपराधिक समुहका नाईकेलाई यि चारले प्रभापमा पारेर आफ्नो हैकम कायम गर्न थाले । मैतिदेबीका रेशम लामा, सुनधाराका पुर्ण गुरुङ चक्रे सँग आबद्ध हुन पुगे । मैतिदेबीका अर्का डन अनुप छिरीङ, अमित लामा, मनाङगेसँग । बानेश्वरका सेक्सी मिलन भित्र भित्रै मनाङगेलाई मौन समंथन गर्न थाले । दरबारमार्ग, ठमेल, नयाँबानेश्वर, बसपार्क बालाजु लाजिम्पाट क्षेत्रका राजा मनाङगे बन्न पुगे । 

चक्रेले माहाराजगंज, चाबहिल, सुनधारा, नारायणथान, मुलपानीमा आफ्नो हैकम स्थापीत गर्न सफल भए । मनाङेको ग्याङ बढी रात्रीकालीन व्याबसायमा आब्द हुन थाले चक्रे बालुवा खानीका मालीक बन्न पगे । क्षेत्रका बिषयलाई लिएर चक्रे र मनाङगेको वार सुरु हुन थाल्यो । मनाङगेले आफ्नो घर नजिकको बसपार्कमा हैकम जमाउदा चक्रेलाई असह बन्न पुग्यो अनि सुरु भयो ग्याङवार । बसपार्कबाट मनाङगेलाई लख्टेर चक्रेले क्षेत्र बढाउन सफल भए । 

बसपार्क चक्रेको कव्जापछि सुरु भएको वार चक्रेमिलन कारागार चलान भएपछि मात्र रोकिएको थियो । लिडे स्वभावका चक्रे र चतुर मनाङगे एक अर्का सिध्याएर काठमाडौंमा एक क्षत्र राजगर्न चाहेन्थे । मनाङगे चतुर भएपनि सहयोगीका अभाबका कारण कमजोर बन्दै गएका थिए । उता चक्रेका साजन महर्जन, कुमार श्रेष्ठ उफ घैंटे, र चक्रेका आफ्नै भाई तेजेन्द्र गुरुङले काठमाडौमा तहल्का मञ्चाउन थालीसकेका थिए । 

मेनपाउर, हाउजिङ, ठेक्कापटमा चक्रेसमुहको राज हुन थाल्यो । सुनधारा, बागबजार क्षेत्रमा रात्रीकालीन ब्यावसायपनि चक्रेका भाईहरुले सुरु गर्न थाले । उता मनाङगेसगं भएका केहि सहयोगी बुढा भए, केही बिदेश पलाएन, मनाङगेलाई ठमेल जोगाउनपनि धै धै हुन थाल्यो । कालीमाटी स्थित सोल्टी होटलमा कामगर्दा स्थाईनीयसँग झगडा भएर अन्य क्यासिनोमा जागीरमा लागेका काभ्रेका गणेश लामाको पाखुरामा आ“खा पुग्यो मनाङगेको । चक्रे मिलनको दस्तालाई तह लगाउन सक्ने समूहको खोजिमा मनाङगे थिए । 


त्यसताका त्रिचन्द्र क्याम्पसमा भएको खुकुरी काण्डमा गणेश लामाको नाम मनाङगेले सुनेका थिए । काजी शेर्पा आब्द भिम, भुबनले त्रिचन्द्रमा खुकुरी काण्ड मञ्चाउदा लामा घाईते भएपनि एकैले चक्रे समुहलाई धपाउन सफल भएका थिए । लामा संरक्षकको खोजीमा थिए मनाङगे सहयोगीको । लामाको समुह मनाङगेको समुहमा आवद्ध भएपछि राजधानीमा ग्याङगवारले उग्र रुप लियो । मनाङगेको गफ र काभ्रेका लामाको सिरुपाते खुकुरीले अन्ततः चक्रेके हात नै छिनीयो । चक्रेको हात छिनीएपछि चक्रपथको दुस्मनको रुपमा मनाङगे नभई गणेश लामा हुन पुगे । 

चक्रेको हात काटेको अभियोगमा मनाङगे कारागार चलान भए । ठमेलमा काभ्रेलीको एक क्षत्र राज हुन थाल्यो । काभ्रेली समुहमा एक सा एक लडाकुको आगमन हुन थाल्यो । बिष्णु लामा, उमेश लामा, चन्द्र लामाले गणेश लामाको नेतृव्यमा काभ्रेली समुह राजधानीको छुट्टै अस्तित्व बोकेको समुहका रुपमा खडा भयो । जसका कन्ट्रोलर थिए, दिपक मनाङगे ।

चक्रे मिलनको हात काटिएको काण्डमा मनाङगे मुछिएपछि उनी जेल चलान भए । त्यसपछि राजधानीमा एकछत्र काभ्रेली समुहले राज गर्न थाल्यो । चक्रेको पनि बालुवा खानीको हिसाब किताब नमिल्दा आफ्नै सहयोगी यादब ढंगोेलको हत्या गरेको अभियोगमा कारागार पुगे । राजधानीको दुई डन मनाङगे सदर खोर डिल्लीबजार र चक्रे केद्रिन्य कारागार सुनधारामा जेल जिबन बिताउन थाले । 

त्यती बेला सम्म राजधानीमा तेस्रा डनका रुपमा रहेक राजु गार्खाली पनि एक युबतीको लागी आफैले संञ्चालन गरेको दरबारमार्ग स्थित डिस्को रोयलमा बेबीलोन डिस्कोका मालिक राकेश लिम्बुलाई तरबार प्रहार गरी हत्या गरेको अभियागमा कारागार पुगीसगेका थिए । पछिल्लो समय प्रहरी गुण्डागर्दी नियन्त्रमा आक्रमक रुपमा प्रस्तुत भएपछि गुण्डाहरु राजनितीमा ओत लागेपनि हैसयत खोज्न थालेका हुन । दीपक मनाङे संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बनेका छन् । 

मिलन चक्रे भने पहिलेदेखि नै एमालेमा आबद्ध छन् । गणेश लामा गृहमन्त्री विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रिय सदस्य छन् । यसैगरी दिनेश अधिकारी उफ चरी एमालेकै धादिङ क्षेत्र १ का उपाध्यक्ष हुन् । रोज राण्ााँ कांग्रेस तरुण्ाँ दलको सांस्कृतिक विभाग केन्द्रिय सदस्यमा छन् । 

राजु गोर्खाली पनि कांग्रेसमै आबद्ध छन् । कुमार घैंटेपनि कांग्रेस नेताहरुकै छत्रछायामा अपराधिक संञ्जाल फैलाउदै आएका थिए । प्रहरी अधिकारीहरु अवैध गतिविधिविरुद्ध प्रशासन आक्रमक भएकाले डनहरु राजनीतिक संरक्षणँमा लागेको बताउँछन् । नेपाल प्रहरीको केद्रिन्य अनुुसन्धान व्यूरो (सिआईबी) ले ५ डनको अबैध सम्पत्तीको छानबीन गरेपनि अन्यलाई छानबिनको दायरामा ल्याउन सकेको छैन् । प्रहरी आक्रमक भएपछि राजधानीमा कहलिएका दुई डनको ईन्काउन्टमा मारिएका छन् ।

Post a Comment

0 Comments