Subscribe Us

यस कारण ईन्काउन्टरमा परे डन चरीः बस्नेत,
म उसलाई सही बाटोमा ल्याउन चाहन्थे

राजनीतिक बाटो हिंडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ नत्र अपराधकोबाटो समाते आफैंसँग पनि भागिरहनुपर्छ।    
संगठनको आवश्यकता पर्दैन दाइ, म एक्लै काफी छु       
जुन उद्देश्यका लागि युथफोर्सलाई अघि बढाएका थियौं । त्यसका लागि चरीहरु हाम्रा सहयात्री हुनु आवश्यक थियो ।   

म डर देखाएर पनि उसलाई सही बाटोमा ल्याउन चाहन्थे                                                

 काठमाडौं । त्यो दिन मैले चरीलाई भनें, घत्यसरी हत्या गर्ने त संगठनको नीति छैन, हातखुट्टसम्म भाँच्न सकिन्छ । उनीहरुलेहाम्रा साथीहरुको हातखुट्ट भाँचेका छन् । टिट फर ट्याट । यसको लािग तिमीले संगठनको सहयोग लिंदा पनि हुन्छ ।’


मेरो उत्तर सुनेपछि चरीले भन्यो, ‘यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन दाइ, म एक्लै काफी छु ।’ त्यसपछि उ उत्साहित हुँदै गयो । चरी निस्किए लगत्तै मेरो मनमा आशंका जम्मियो कतै चरीले नराम्रो काम गरेर संगठनले आजसम्म पाएको इज्जत त सखाप पार्ने त होइन ।

मैले तत्कालै एैन जी लाई फोन गरें, त्यो चरीलाई वाच गर्दै जानु है त्यसले नराम्रो काम गरेर पूरै संगठनको बदनाम गर्ला नी फेरि ।’चरी आफैं पनि माओवादी पीडित रहेछ । जुन उद्देश्यका लागि युथफोर्सलाई अघि बढाएका थियौं । त्यसका लागि चरीहरु हाम्रा सहयात्री हुनु आवश्यक थियो । एकाध मान्छे चरीका पृष्ठभूमिका नभएसम्म वाइसियलले पेलिरहने निश्चित थियो ।

चरीलाई ल्याउनुको कारण नै वाइसियललाई पछाडि धकेल्नु थियो। एमालेको बुटवलमा महाधिवेशन चलिरहेको बेला मोबाइलमा चरीको फोन आयो । उसले भन्यो, ‘दाई हामीले हान्दिउ त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ। छातीमै गाली लागेको छ ।

मैले कुनै प्रतिक्रिया जनाउन सकिन । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भनेर सोचेको पनि थिइन् । हदैसम्म भए जोग भाइको खुट्टा काट्नेको खुट्टा भाँचिदेला, सुशीलको हात काट्नेको हात भाँचिदेला भन्ने मात्रै ठानेको थिएँ । युथफोर्स युवा संघका त्यस अघिका कारवाहीहरुमा त्यस्तो हतियारको प्रयोग भएको थिएन ।तर, चरीले गर्नु गरेको थियो । त्यसले मलाई ठूलो समस्यामा पार्यो । चरीले पार्टी प्रवेश गर्दिन भनेको काम गरेको थियो । त्यसले हामीलाई समस्यामा पारेको थियो ।

मैंले किन त्यस्तो गरेको भन्दा उ नाजवाफ भयो । त्यसपछि अब चुपचाप बस्नु कतै बाहिर ननिक्नु भनें । त्यो घटनापछि गम्भीर छलफल भयो । चरीले आफूले गल्ती गरेको सहजै स्वीकार्यो । उसको काम क्षम्य थिएन । तर, माओवादीविरुद्ध गरेको आक्रमण भए पनि त्यो मेरो पनि एउटा गल्ती थियो। तर, त्यसले वाइसियललाई अलि साइजमा ल्याइदियो । त्यो घटनापछि युथफोर्सलाई थ्रेट आउन छा्ड्यो। त्यसपछि पनि चरीलाई बारम्वार सम्झाँए । राजनीतिक बाटो हिंडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ नत्र अपराधकोबाटो समाते आफैंसँग पनि भागिरहनुपर्छ।

पटकपटको भेटमा मैले हेर भाई पहिलो बाटो हाम्रो सहकार्य हुन्छ दोस्रो बाटो हिडिस् भने सहकार्य आजकै मितिबाट टुंगिन्छ । खासमा म डर देखाएर पनि उसलाई सही बाटोमा ल्याउन चाहन्थे । मैले यसो भन्दासम्म युथफोर्स विघटन भइसकेको थियो ।

तर, उसका दुष्कर्महरु बारम्बार दोहोरिएका थिए । सम्झाउदा पनि उसका अपराधिक कार्य घटेको थिएन। गधालाई धोएर गाई बनाउन नसकिनेभएपछि म टाढिंदै गएँ । त्यति हुँदा पनि उसलाई अप्ठ्यारो परेको बेलमा मलाई फोन गर्न छाडेको थिएन ।

एकपटक दशैंताका प्रहरीले उसलाई गिरफ्तार गरेछ । सहयोगका लागि अनुनय विनय गरेपछि दशैको बेला भनेर मैले प्रहरीलाई हुनेसम्म सहुलियत दिन भनेपछि उसले सुध्रिन्छु भन्यो र प्रहरीले छोडिदियो । पछि एसपी रमेश खरेलसँग सल्लाह गरेरै उसलाई चार पाँच महिना थुनामा राखियो सुध्रिन्छ की भनेर । हिरासतमै राखेर विभिन्न मुद्दा चलाउने सल्लाह खरेलसँग भएको थियो । उ चार महिना जेल बसेर निस्कियो । तर, लागेको बानी के छुट्थ्यो । हाम्रा सारा योजना र काम तुहिंदै गए ।

मेरो मन मर्यो । अबचाँहि साँच्चैउसलाई बेवास्ता गर्न छाडे । लामो समयसम्म उसँग मेरो सम्पर्क थिएन ।
चरी २०७१ साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यसभन्दा केही अगाडि प्रहरीले उसलाई पक्राउ गर्न खोजिरहेको छ भन्ने मलार्य थाहा थियो । उसलाई पक्राउ गरियास् र केही समय थुनामा राखियोस् भन्ने मेरो चाहना थियो । त्यो गर्दा उसमा सुधार आउँछ की भन्ने सोचेको थिँए । तर, इन्काउन्टरमा पर्यो ।

बुधबार साप्ताहिकमा प्रकाशित उद्योग मन्त्री महेश बस्नेतको भर्खरै प्रकाशित पुस्तक ‘म महेश’को अंश

Post a Comment

0 Comments