Subscribe Us

बलिउड लभरब्वाई अक्षयकुमारका ७ प्रेम स्काण्डल

मुम्बाई, भदौ १२ एजेन्सी । बलिउडमा अक्षयकुमारको परिचय खेलाडीका रुपमा छन् । मार्सल आर्टस्मा अब्बल मानिने अक्षय पछिल्लो समय कमेडी चलचित्रमा समेत उस्तै जमेका छन् ।
 
 रिलभित्र यस्तो भूमिका निर्वाह गर्ने अक्षय रिलबाहिर भने रोमान्सका कारण चर्चामा आउँछन् । चाहे श्रीमती ट्विंकल खन्ना होस् वा प्रियंका चोपडा नै किन नहोस् । पुजा वत्रा होस् वा रविना टन्डन नै किन नहोस् , बलिउडका फरक पुस्ताका एक से एक हिरोइनसँग अक्षयले रोमान्स गर्न भ्याइसकेका छन् । उनका विवादीत प्रेम–प्रसङग यस्ता छन्ः

१ पुजा वेत्राः पूर्व मोडल तथा अभिनेत्री पुजा वेत्रा अहिले बलिउडमा सक्रिय छैनन् । स्रोतका अनुसार बलिउडमा अक्षयकुमारले पाइला राख्नुअघि नै पुजा वेत्री उनीसँगको प्रेम–सम्बन्धमा थिइन् । बलिउडमा अक्षयकुमार जमेपछि दुईबीचको सम्बन्ध चर्चामा आयो । पुजा वेत्री सफल मोडल भइन् र अक्षयकुमारसँगको रोमान्स्ले उनलाई थप चर्चामा ल्यायो ।

२ आयशा जुल्काः पुजा वेत्रीपछि बलिउडका खेलाडीको नजरमा परिन्, आयशा जुल्का । उनीहरु दुबैले चलचित्र खिलाडीमार्फत बलिउडमा आफ्नो जर्वजस्त
छाप छाडेका थिए । सुटिङका दौरान उनीहरुले गरेको रोमान्स जनताले हलमा हेर्दै गर्दा उनीहरु रियल लाईफमा समेत रोमान्समै मस्त रहे । बिस्तारै उनीहरुबीचको सम्बन्ध सार्वजनिक हुदैँ गयो तर सफल हुन सकेन ।

३ रविना टन्डनः ९० को दशकमा रविना हट हिरोइन थिइन् । खिलाडी चलेपछि अक्षय पनि एक्सन हिरोका रुपमा स्थापित भए । अक्षय र रविनाले टिप टिप वर्षा पानी लगायतका थुप्रै चलचित्रमा समेत एकअर्काका जोडी भएर अभिनय गरे । तर चलचित्र मोहरापछि उनीहरुबीच प्रेमसम्बन्ध झाङगियो । तीन वर्षसम्म रोमान्समै व्यस्त रहेपछि अक्षयले विवाहको वाचा गरेको खुलासा रविनाले सन् १९९९ मा गरिन् । उनीहरु दुईबीच इन्गेजमेन्ट भइसकेको खबर समेत सार्वजनिक भएको थियो । तर रविना त्यतिबेला अक्षयसँग रुस्ट भइन् जतिबेला उनले अन्य दुई युवतीलाई समेत घुमाएको पत्तो रविनाले पाइन् ।

४ रेखाः बलिउडमा सबैभन्दा ठूलो आश्चर्यका रुपमा रेखा र अक्षयकुमारबीचको प्रेम कहानीलाई लिइएको छ । चलचित्र खिलाडियोँका खिलाडीको छायाङकनका क्रममा अक्षय अनुभवी अभिनेत्री रेखासँग नजिकिएका थिए । उनीहरुबीचको दुरी छोट्टिदैँ गर्दा दुबै प्रेममा लिप्त भएको खबर सार्वजनिक भयो । त्यतिबेलाकी अक्षयकी प्रेमिका रविना टण्डनले यस्तो हल्लापछि अक्षयसँग दूरी कायम गर्न रेखालाई चेतावनी दिएकी थिइन् ।

५ शिल्पा सेट्ठीः 
अक्षय र शिल्पाका चलचित्रहरु हिट हुदैँ गए । उनीहरुबीचको सम्बन्धले पनि मिडियामा उत्तिकै चर्चा पायो । विवादास्पद सम्बन्धपछि शिल्पा आफैँ अक्षयसँग टाढा भइन् । शिल्पाले ट्वींकल खन्नासँगको सम्बन्धबारे पत्तो पाएपछि अक्षयसँग टाढा हुने निर्णय लिएकी थिइन् । लामो समय उनीहरुबीच बोलचाल नै भएन ।

६ ट्वींकल खन्नाः धेरै सुन्दरीहरुसँग डेट गरेपछि अक्षयले ट्वींकल खन्नासँग बिहे गरे । ट्वींकल खन्ना बलिउडकै पहिलो सुपरस्टार राजेश खन्ना तथा डिम्पल कपाडियाकी छोरी हुन् । अक्षय र ट्वींकलले सन् २००१ मा सामान्य ढंगबाटै बिहे गरे र अहिले उनीहरुका दुई बालबच्चा छन् ।

७ प्रियांका चोपडाः बिहेपछि पनि अक्षयको व्यवहार सुध्रिएन । उनी र प्रियंका चोपडाबीचको प्रेम–सम्बन्ध मिडियाका लागि खुराक बन्यो । उनीहरुले अन्दाज,मज्से शादी करोगी, ऐतराज, वक्त लगायतका विभिन्न चलचित्रमा समेत एकसाथ काम गरे । उनीहरु दुबैले प्रेम–सम्बन्धका विषयमा केही बोलेनन् । तर आजिद भएर अक्षयकी श्रीमती ट्वीकंल खन्नाले अक्षयलाई प्रियंकासँग फिल्म खेल्न नदिने भइन् । त्यसपछि मात्रै दुनियाँले पत्तो भयो, उनीहरुबीचको सम्बन्ध । अहिले अक्षय र प्रियांका एकआपसमा बोल्दैनन् ।

Post a Comment

0 Comments