Subscribe Us

छोरीले मेरो हत्या गरी भन्दै बुढी आमा अदालतमा

झापा । आफू जिउँदो हुँदा हुँदै आफ्नै छोरीले आफूलाई मारेको भन्दै पश्चिम दक्षिण झापाको गौरीगन्ज निवासी ७४ वर्षीया एक वृद्धाले आफ्नै छोरीविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेकी छिन् ।  

गौरीगन्ज–७ घर भई हाल काठमाडौँ बस्दै आएकी राजकुमारी श्रेष्ठले ४५ वर्षीया छोरी सरस्वती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गराएकी हुन । 

श्रीमान्को नाममा रहेको गौरीगन्ज–५ को कित्ता नं ६८८ र ०९७ नम्बरको एक बिगाह पाँच कट्ठा जमिन कृषि विकास बैंक गौरीगन्जमा धितो राखी कारोबार गरेको बैंकको हिसाब मिलाउन नसकेपछि उक्त जग्गा बैंकले लिलाम गरी २०४३ साल फागुन २५ गते कृषि विकास बैंकको नाममा कायम भएको थियो ।

 बैंकको नाममा कायम भएको जग्गा आफ्नो कर्जा तिरेर फिर्ता ल्याउने प्रक्रियामा उनले आमा मरेको बयान २०४५ सालमा दिएको थाहा पाएपछि आफ्नै छोरीविरुद्ध मुद्दा हाल्नुपरेको श्रेष्ठले बताईन् । 

आफ्नो एक छोरा र पाँचवटी छोरी रहेकामा छोराको पनि मृत्यु भएको र श्रीमान्को पहिले नै मृत्यु भइसकेको अवस्थामा अहिले छोरीले अदालतमा गएर आफू मरेको भन्दै बयान दिएर जग्गा आफ्नो नाममा बनाई सम्पत्ति हडप्न खोजेको र मानमर्दनमा समेत आँच पु¥याएकाले आफूले छोरीविरुद्ध मुद्दा हाल्नुपरेको हो श्रेष्ठले भनिन ।

श्रीमान् र छोराको निधन भएपछि बुहारीलाई अंश दिन खोज्दा जग्गा छोरीले आफ्नो एकलौटी बनाएको पत्तो पाएपछि बूढेसकालमा अदालतको ढोका ढक्ढक्याउन आएको श्रेष्ठले जनाईन् । छोरीले म मरेको बयान २०४५ सालमा नै दिएकी रहिछे अहिले आएर थाहा भयो र अदालत आएकी हुँ ।” उनले भनिन ।

Post a Comment

0 Comments