Subscribe Us

खुकुरी प्रहार गर्ने नै जाहेरीकर्ता,
मजदुर नेताकोे नाममा गुण्डागर्दी

काठमाडौं । प्रहरीले कडाई गरेपछि राजधानीका चल्तीका गुण्डा नाईकेहरु अहिले सुरक्षितस्थलको खोजीमा छन् । गुण्डागर्दी बिरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत भएका कारण आफ्नो धन्दा यथाबत राखेपनि तरिका भने फेर्दै आएका छन् ।

 तर केही राजनीतिक आबरणमा पार्टीको खोल ओडेर गुण्डागर्दी गर्ने गिरोह भने राजधानीकोे बिभिन्न ठाउँमा सक्रिय हुदै आएका छन् ।

 आफूलाई एमाओबादीको कार्यकर्ता तथा मजदुर संगठन कलंकी एरिया ईच्चार्ज दाबी गर्ने गोरखाका नरबहादुर रानामगरको गुण्डागर्दीले यतिखेर कलंकी क्षेत्रमा व्यापार–व्यावसाय गर्ने व्यापारीको निदहराम भएको छ ।

 कलंकीमा मनकामना दर्शन यातायाता प्रालीको नामबाट दुई वटा गाडी चितवनमा सञ्चालन गर्दै आएका रानामगरले आफ्नो व्यवसाय अन्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि एक आपराधीक ग्याङ खडा गरेका छन् । उनले अन्य व्यावसायीलाई थर्काउने र असुली गर्ने थालेको एक यातायात व्यवसायीले बताएका छन् । 

व्यवसायमा लाग्नु अगाडी चोरी, गाडीको अबैध कारोबार, अबैध डलरको ओसार–पसार लगायतको आरोपमा पटक–पटक पक्राउ परि जेल पुगेका रानामगर केही बर्ष देखी कलंकीका टिकट काउन्टरमा काम गर्दै आएका थिए । टिकट काउन्टरमा रकम हिनामिना गरेपछि उनी कामबाट निकालिएका थिए ।  कामबिहीन भएपछि रानामगरले आपराधीक समुहकोे निर्माण गर्दै आफू एमाओबादीको मजदुर संगडनको एरिया ईच्चार्ज  भएको दाबी गर्न थालेका हुन । उनले कलंकी क्षेत्रमा सञ्चालित टिकट काउन्टर देखी अन्य व्यवसायीसंग समेत मासिक असुल्न थालेको स्रोत बताउँछ । 

गत साता रानामगरकै कार्यालयमा भएकोे एक खुकुरी काण्डमा योजनाबद्ध तरिकाले अबिसुन यातायात प्रालिका पदाधिकारीलाई फसाउँन सफल भएका छन् । गत साउन १८ गते राती आफ्नै कार्यालयमा रात्रीभोजको आयोजना गरी रानामगरले खुकुरी काण्ड मच्चाएका थिए । उक्त भोजमा रानामगरले आफूले जागिरबाट हातधुनु परेको दुखेसो पोख्दै काउन्टरका मेनेजर लोप्साङ लामालाई पनि निमन्त्रणा गरेका थिए । भोजमा लोप्साङ आफ्ना एक सहयोगी लिएर गएका थिए । तर योजनाबद्ध तरीकाले भोजको आयोजना गरेका रानामगर मदिराले लड्ठीएका लोेप्साङसहितका व्यक्तिलाई ज्यानमार्ने उद्देश्यले खुकुरी प्रहार गर्न थाले ।

 तर टार्गेट मानिएका लोप्साङ भने रानामगरको अखडाबाट भाग्न सफल भए । नशाले मात्तिएका रानामगरले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा आधा दर्जन उनकै  सहयोगी घाईते भए । तर रानामगरले उक्त खुकुरी काण्ड अबिसुन यातायात प्रालिका पदाधिकारीको योजनामा भएको भन्दै प्रहरीमा जाहेरी दिन लगाई उल्टै फसाउँन सफल भएका छन् । उक्त काण्डपछि कलंकी क्षेत्रमा राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएका रानामगर माथि प्रहरीले गोप्य रुपमा निगरानी बढाए पनि पक्राउ भने गरेको छैन ।            

Post a Comment

0 Comments