Subscribe Us

पत्रिकामा समाचार लेख्दा सम्पादक बुढाथोकी प्रहरीको खोजीमा

काठमाडौं । बिद्युतीय उपकरणको दुरुप्रयोग गरेको भन्दै पत्रकार गोपाल बुढाथोकीलाई प्रहरीले खोजी तिब्र पारेको समाचार पाप्त भएको छ । साँघु साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार बुढाथोकीलाई प्रहरीले खोजी गर्दै सोमवार उनको निवास सुकेधारमा छापामारेको छ । रिपब्लिका  दैनिकका सम्पादक सुवास घिमिरेका बारेमा साँघुमा दुई साताअघि समाचार प्रकाशित भएको थियो ।

 उक्त समाचारलाई बिभिन्न अनलाईन सस्करणहरुमा साभार गरेको बिषयलाई  लिएर सम्पादक घिमिरेले बिद्युतीय कारोबार ऐनअनुसार कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गरेका थिए । 

पत्रकार बुढाथोकीद्धारा सम्पादीत समाचार साँघु साप्ताहिकमा प्रकाशित भएपनि प्रहरी प्रशासनलाई दबाब दिएर रिपब्लीकाका सप्पादक घिमिरेले बिद्युतिय कारोबारोमा मुद्दा दायर गरेको प्रहरी स्रोतले बतायो

स्मरणीय छ बिद्युतिय कारोबार ऐन छापा माध्यममा प्रकाशित भएको समाचारलाई लिएर आकर्षीत हुदैन । घिमिरेले समाचार प्रति आफूलाई चित्त नबुझेमा सो समाचारकोे खण्डन गर्न र खण्डन नगरे प्रेस काउन्सीलमा उजुरी गर्ने कानूनी व्यवस्था छ । सो घटनालाई लिएर प्रेस चौतारी नेपालले आपत्ती जनाएको छ । प्रेस चौतारीद्धारा जारी बिज्ञप्ति यस्तो छ ।
प्रेस विज्ञप्ति
मिति २०७२।०४।३२
प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीको घरमा केही प्रहरीले सोमबार अपराह्न अनधिकृत तवरबाट छापामार्ने तथा परिवारका सदस्यहरुलाई आतंकित पार्ने काम गरेका छन् ।

सम्पादक बुढाथोकी घरमा नरहनुभएको बेला अखबारमा प्रकाशित समाचारका विषयलाई लिएर प्रहरी उहाँको घरमा पुगेको हो । उहाँद्वारा सम्पादित साँघु साप्ताहिकमा प्रकाशित एक समाचारका विषयमा विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाहीका निम्ति महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंमा जाहेरी दर्ता भएको भन्दै प्रहरीले उहाँको खोजी गरेको छ । अखबारमा प्रकाशित वा अनलाइनमा प्रशारित समाचारका विषयमा विद्युतीय कारोबार ऐन आकर्षित नहुने विगतको सहमतिविपरित प्रहरीले जबरजस्त सम्पादक बुढाथोकीको धरपकड गर्न खोजेको छ । 

अखबारमा प्रकाशित समाचारका विषयमा उत्पन्न हुने कुनै पनि गुनासो तथा उजुरी सुन्ने राज्यका निकायहरु हुँदाहुँदै फौजी विधिबाट पत्रकारलाई तर्साउने यस्तो कार्य सवर्थ निन्दनीय छ । सम्पादक बुढाथोकीको पक्राउका निम्ति प्रहरीले चालेको कदम यथाशक्य चाँडो फिर्ता होस् भनी हामी सरकारसँग माग गर्दछौँ । प्रेसलाई फौजी विधिबाट तर्साउन खोज्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूलको कार्य हुने र त्यसले राज्यको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्दतामा गम्भीर प्रश्न उठ्ने कुरा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौँ ।
माधव नेपाल
महासचिव

Post a Comment

0 Comments