Subscribe Us

एपेन्डिक्सले च्यापेपछि उद्योगमन्त्री बस्नेत अस्पताल भर्ना

भक्तपुर । एपेन्डिक्सले च्यापेपछि उद्योगमन्त्री महेश बस्नेतलाई अस्पताल भर्ना गरीएकोे छ ।  अचानक पेट दुखेपछि आईतवार बिहान उनलाई अस्पताल पुर्याईएको थियो । बस्नेतलाई बिहान ३ बजे नै भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा भर्ना गरी उपचाार सुरु गरीएको थियो । 

उनलाई अतिसघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक गोपीकृष्ण न्यौपानेले जानकारी दिएका छन् । निर्देशक न्यौपानेका अनुसार “बिहानैदेखि आइसियुमा राखेर उपचार गरिरहेका छौँ, उहाँको मुख्य समस्या एपेन्डिक्सको बिहान १० बजे शल्यक्रिया गरिनेछ, त्यसका साथै अन्य रोग भए नभएको परीक्षण हुने छ ।”

Post a Comment

0 Comments