Subscribe Us

बैंक डुबाउन प्रहरीको दुरुप्रयोग गर्दै हरि पन्त

ललितपूर । व्यवसायको नाममा सर्बसाधारण व्यवसायीलाई नै ठगी गर्दै आएका हरि  पन्तले पछिल्लोे समय बैंकलाई समेत ठगी गर्ने खोजेको समाचार पाप्त भएकोे छ । 
एजके कन्ट्रक्सनको नामबाट निर्माण सम्बन्धी कार्यमा प्रयोग हुने मेशिनहरु भाडामा लगाउदै आएका पन्थले पछिल्लो समय माछापुच्छे बैंकलाई योजनाबद्ध तरीकाबाट ठगी गर्ने खोजेको आरोप लगेको छ । 

कुमासु कम्पनीको पिसी ३०० नम्बरको स्काइभेटर पन्थले उक्त बैंकबाट लोन स्वकृत गराई लिएका थिए । तर बैंकको नियम अनुसार पन्थले साँवा व्याज  नबुजाएपछि बैंकले तिन साता अगाडी उक्त मेशीनकोे लिलाम प्रक्रिया अघि बढाएको थियो । 

बैंकले नियम संगत रुपमा सुचना प्रकाशित गरी मेशिनको लिलामी प्रक्रिया अगाडी बढाईसकेको अबस्थामा  पन्तले भने उक्त मेशीन लकाउन शक्ति केन्द्र धाउन थालेका छन् । लिलामी प्रक्रियाको अन्तिम मिती गत बिहीवार सम्म थियो । बैंकले जाँहा जे अबस्थामा छ त्यहि अबस्थामा मेशीन उठाउने पर्ने शर्तसमेत सुचनामा राखेको छ ।

 हाल टिका भैरबस्थित ढुंगाखानीमा भाडामा लगाईएको उक्त मेशीन पन्धले राता–राता गायब बनाउँन प्रहरीलाई समेत दुरुप्रयोग गर्न खोजेको स्रोतको दाबी छ ।  पन्तले खानी सञ्चालकले मेशिन भाडामा लगाएको भाडा नदिएको र मेशिन लैजानपनि नदिएकोे भन्दै सुरक्षाको कारण देखाउँदै उक्त मेशिन त्याहाबाट लैजान सुरक्षाको आबश्यक औल्याउदै मेशिन गायव गर्ने रणनीतिमा लागेका छन् । 

स्थाईनिय प्रहरीले खासै चासो नदेखाएपछि पन्थले प्रहरी प्रधान कार्यालयबाटै ललितपूर प्रहरीलाई दबाब दिएको ललितपूर प्रहरीमा चर्चा चलेको छ । त्यसोत  पन्तले मेशिन भाडामा दिने र बिक्री गर्ने नाममा एक दर्जन भन्दा बढीलाई ठगी गरेको व्यवसायीहरु नै बताउन थालेका छन् । एउटै मेशिन  पन्तले बिक्री र भाडामा दिने भन्दै एक दर्जन भन्दा बढी व्यवसायीसँग बैना स्वरुप पैसा असुल्दै आएको आरोप समेत उनी माथि लाग्दै आएको छ ।
 

Post a Comment

0 Comments