Subscribe Us

बन्द क्यासिनो खुलाउन पर्यटनमन्त्रीको दबदबा

kripasurकाठमाडौंः
एक महिना अघि कानुन बमोजिम सम्झौंता भंग भई खारेज भएको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालित क्यासिनो रोयल खुलाउन गुण्डा मात्र नभई मन्त्री र सचिव समेत लागेको युनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ । 

बुधवार दिउसो पर्यटन बोडका निर्देशक र संस्कृती, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव साधुराम सापकोटाकोे नेतृत्वमा गुण्डाको टोली क्यासिनो रोयल परिसर पुगेको हो ।

स्रोतका अनुसार पर्यटन मन्त्री कृपासुर शेर्पाले ठूलै आर्थिक चलखेल गरी सचिब सापकोटालाई क्यासिनो खुलाउन पठाएका हुन् । क्यासिनोका सञ्चालक राजबहादुर सिंहले आफु उपस्थित नभइ नाताले भतिज पर्ने सुरेन्द्र सिंहलाई पठाएका थिए । क्यासिनोले घरभाडा नतिरेको भन्दै होटल मालिक राधेश्याम सर्राफले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा डेढ महिना अघि निवेदन दिएका थिए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख एकनारायण अर्यालले सम्झौंता अनुसारको भाडा नतिरेको भन्दै सम्झौैता खारेज गर्ने निणर्य गरेका थिए । निर्णयमा भनिएको थियो–‘भाडा चुक्ता नगरेसम्म सामान लैजान पनि पाईने छैन् ।’

प्रशासनका कर्मचारी, पर्यटन बोर्ड र नगरपालिकाका पदाधिकारीको रोहवरमा क्यासिनोमामा ताला लगाइएको थियो । तर अहिले मन्त्री कृपासुरको ठाडो आदेशमा राजश्व समेत नतिरेको क्यासिनो खोल्न आदेश आएपछि ठूलै रकमको चलखेल भएको प्रशासन कार्यालय र मन्त्रालयमा चर्चा छ ।

कानुनको ठाडो उल्लंघन गर्दै गैरकानुनी तरिकाबाट मन्त्री शेर्पाले क्यासिनो खोल्न आदेश दिएको जिल्ला प्रशासन कार्यालका एक कर्मचारीले बताए । तर होटल मालिक सर्राफले भने भाडा चुक्ता नगरेसम्म ताला नखोल्ने अडान लिएपछि उनीहरु होटलबाट फर्किएका थिए । स्रोतका अनुसार सचिव सापकोटाले ताला फोड्ने थम्कीसमेत दिएका थिए । तर सर्राफले मन्त्रालयको लिखित आदेश मागेका थिए ।

क्यासिनोले घर भाडा वापत ३२ करोड होटललाई तिर्न बा“की छ । मजदुरको समेत १७ करोड नतिरी क्यासिनो सञ्चालक राजबहादुर सिंह सम्पर्क बिहिन छन् । त्यस्तै सिंहले ४० करोड भन्दाबढी राजश्व तिरेका छैनन् । बन्द क्यासिनो खुलाउनको लागि सहयोग गरिदिनु भन्दै सचिव सापकोटाले दरबारमार्ग बृतका डीएसपी रमेशकुमार बस्नेतलाई समेत साथ लिएर गएका थिए ।

Post a Comment

0 Comments