Subscribe Us

प्रहरीलाई गोली प्रहार गर्दै भाग्ने मण्डेलाद्धार आत्मसमर्पण

ताप्लेजुङ,  । पक्राउ गर्न गएका प्रहरीमाथी नै गोली प्रहार गर्दै बेपत्ता हुने गरेका का ताप्लेजुङ साँवाकाका ‘मण्डेला’ भन्ने सागर लिम्बूले प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन् । सर्वाधिक खोजीको सूचीमा रहेका मण्डेलाले बुधवार प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन ।

विगत छ वर्षदेखि कर्तव्य ज्यानसहित अन्य तीन मुद्दामा फरार रहेका मण्डला लाई पटकपटक प्रहरीले पक्रन खोजे पनि छक्याएर भाग्न सफल हुँदै आएका थिए । पटकपटक प्रहरी र राजनीतिक दलबाट आत्मसमर्पण गर्न सुझाव आएपछि आफूले आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा उनले बताए ।

लुकिछिपी बस्दै आएका उनलाई गत फागुनको पहिलो साता प्रहरीले घरबाटै नियन्त्रणमा लिने प्रयास गर्दा लिम्बू र प्रहरीबीच गोली हानाहानसमेत भएको थियो । लिम्बूमाथि २०६६ माघ १४ गते राति आफ्नै छिमेकी २५ वर्षीय रामबहादुर गुरुङमाथि वैवाहिक भोज कार्यक्रममा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ ।

भौगोलिक विकटता, सञ्चार संयन्त्रको अभाव, भेडी गोठमा लुकीछिपी बस्ने गरेका कारण लिम्बूलाई समयमै पक्राउ गर्न नसकिएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

Post a Comment

0 Comments