Subscribe Us

ईन्काउन्टर गर्ने प्रहरी खोज्दै घैंटेका उत्तराधिकारी,
को हुन सानुभाई भन्ने युबराज गुरुङ ?

 मैंले हिजोको दिनमा  कुमार दाईलाई तपाईको लागी मर्न र मार्न  तयार छु भन्दै आएको थिई । म मरु या बाँचु तर कुमार दाईलाई गोली ठोक्नेलाई ठोक्छु । 

चार बर्षदेखी घैंटेको उत्तराधिकारी घोषित भएका सानोभाई घैंटेकै साथीलाई पनि सामाखुशि क्षेत्रमा टेर्ने छाडेका थिए  । 

आधा दर्जन अपराधमा संलग्न रहेका सानुभाईलाई घैंटेको आडभरोसामा नुवाकोटबाट धादिङ ससुराली गएका पवन तामाङलाई खुकुरी प्रहार गरी ज्यानै  लिएका थिए । 

घैंटेले कलेजबाट ‘डीआई’ को नाममा पैसा असुल्न सन्तोष गुरुङ, मनिश ढंगोल, अनिल राणालाई प्रयोग गर्दै आएका थिए । 
घैंटेका उत्तराधिकारी दाँया समिरमान बस्नेत बाँया सानुभाई बिचमा कुमार घैंटे

काठमाडौं । इन्काउन्टरको नाममा आफ्नो बोसको हत्या गरेको भन्दै घैंटेका उत्तराधिकारी दाबी गर्ने नुवाकोटका सानुभाई भन्ने युबराज गुरुङले सर्चअभियानमा खटिएका प्रहरीको सुचना संङकलन गर्न थालेको समाचार अपराध खबरले पात्त गरेको छ । 

आफूलाई कर्मदिने बाबु समानको दाजुको नियोजीत रुपमा हत्या गरिएको छ, यसै बस्योे भने दाजुको आत्माले शराप छ, ईन्काउन्टर गर्ने प्रहरीलाई ठोक्ने हो भन्दै उनले योजना बुन्न थालेको सुचना उनि नकिट स्रोतले चुहाएको हो । 

सानुभाईको भनाईलाई उधृत गर्दै स्रोत भन्छ,–‘ मैंले हिजोको दिनमा  कुमार दाईलाई तपाईको लागी मर्न र मार्न  तयार छु भन्दै आएको थिई । म मरु या बाँचु तर कुमार दाईलाई गोली ठोक्नेलाई ठोक्छु ।’ 

पछिल्लो समय घैंटेले आपराधिक क्रियाकलापमा यहि सानोभाईको प्रयोग गर्दै आएका थिए । सानुभाई बिरुद्ध राजधानीका बिभिन्न प्रहरी बृत्त र नुवाकोट जिल्लामा समेत एक दर्जन भन्दा बढी उजुरी छन् । चार बर्षदेखी घैंटेको उत्तराधिकारी घोषित भएका सानोभाई घैंटेकै साथीलाई पनि सामाखुशि क्षेत्रमा टेर्ने छाडेका थिए । घैंटेपछिको डन उनि आफू भएको उनका समकक्षीलाई सुनाउँथे ।
 
को हुन सानुभाई

सानुभाईको बास्तबिक नाम युबराज गुरुङ हो भने उनी नुवाकोटका हुन् । सानुभाईलाई घैंटेले खुकुरी हान्न, मेनपावर कम्पनीबाट महिनावारी असुल्न, ठेकेदारहरुलाई बन्दुक देखाएर तर्साउने काममा प्रयोग गर्दै आएका थिए । सानुभाईको समुह एक बर्षमा एक दर्जन अपराधमा सलग्न रहेको प्रहरीले जनाएको छ । घैंटेको आदेशमा सानुभाईले २०७० साउन १० गते सामाखुसि टाउन प्लानिङमा ज्यानमार्ने मनसायले मनोज मर्हजनमाथि खुकुरी प्रहार गरेका थिए । लगत्तै ०७० कार्तिकमा धादिङका बिकाश लामालाई ।

 प्रहरीले सानुभाईको समुहलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन नस्कदा उनको समुह थप अपराधमा सलग्न हुँदै गयो ।  सानुभाईको समुहले बिकाशलाई खुकुरी प्रहार गरेको केही समयपछि महादेबटारको हाईटमा च्याङबा भन्ने एक ब्यक्तिलाई पनि खुकुरी प्रहार गरे । 

च्याङबालाई खुकुरी प्रहार गरेको केही दिनमै सानुभाईले बिकाश तामाङलाई बन्दुक देखाएर लखटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । आधा दर्जन अपराधमा संलग्न रहेका सानुभाईलाई घैंटेको आडभरोसामा नुवाकोटबाट धादिङ ससुराली गएका पवन तामाङलाई खुकुरी प्रहार गरी ज्यानै  लिएका थिए । तर उक्त हत्याकाण्डमा उनको नाम जाहेरीमा परेन ।

तामाङको हत्यामा मुख्य नाईके रहेका सानुभाई काठमाडौंमा खुलम्खुला हिंड्दा पनि प्रहरीको आँखामा भने पर्न सकेका छैनन् । सबै घटनाका बारेमा प्रहरीमा जाहेरी परेपनि सानुभाई पक्राउ नपरेको पीडित परिवारले बताएका छन् । यी सबै अपराधमा गुण्डाका नाईके घैंटेको अप्रत्यक्ष संलग्नता थियो । 

त्यस्तै घैंटेले धादिङमा हुने अधिकांश ठेक्कापट्टा कब्जा गर्न बाफलका समिरमान बस्नेत र राधे भण्डारीलाई प्रयोग गर्न थालेका थिए । तर खुकुरी प्रहार गर्न बन्दुक देखाउन भने सानो भाइको पयोग गर्दै आएका थिए । कुनै ताका घैटेले  मृतक ‘चरी’ लाईसमेत प्रयोग गर्ने गरेका थिए । 

ठेक्कापट्टा र अबैध बालुवा खानी, ढुंगा खानीबाट असुलेको ८० लाख घैंटे एक्लैले खाएपछि चरी र घैंटेको सम्बन्धमा ०६२ सालपछि चिसोपना सुरु भयो । चरीलाई पनि घैंटेले नै जन्माएको थिए । चरीसंग सम्बन्ध बिग्रिएपछि घैंटेले चरी बिरुद्ध बाफलका गुण्डा समिरमान बस्नेतलाई उभ्याएका थिए । 

धादिङमा चरीले एकाधिकार गर्न थालेपछि चरीसंग बिच्किएका राधे भण्डारीलाई धार बनाएर घैंटेले चरीबिरुद्ध दुई बर्ष अगाडी गोली हान्न लगाए । आफूमाथी गोली प्रहार गर्ने राधेलाई बदला लिने उदेश्यले घटनाको ६ महिना पछि चरीले खुकुरी काण्ड मच्चाए । खुकुरी काण्डपछि मोष्ट वान्टेड चरी एक बर्ष अगाडी प्रहरी ईन्काउन्टरमा भिमढुंगामा मारिए । चरीको मृत्युसंगै घैंटेले चरीको क्षेत्रमा राज गर्दै आएका थिए । त्यस्तै घैंटेले कलेजबाट ‘डीआई’ को नाममा पैसा असुल्न सन्तोष गुरुङ, मनिश ढंगोल, अनिल राणालाई प्रयोग गर्दै आएका थिए ।

सामाखुसि, बाफल, बालाजु क्षेत्रका प्राय कलेजहरुमा घैंटेले यी आराधिक समूह परिचान गरेर डीआईको नाममा विभिन्न कलेजहरुबाट रकम असुल्दै आएका छन् । यतिखेर समिरमान बस्नेत घैंटेको दाहिने हात भएका छन् भने देब्रे हातका रुपमा सानुभाई अगाडि आएका छन् । 

समिरमानको समूहमाः राधे भण्डारी, कान्छा लामा, गोपी भण्डारी, शिब थापा, रानीवनको मनोज चित्रकार, सुरज प्रनब, जोन भन्ने ओम बहादुर गुरुङलगायत रहेका छन् । उनीहरुलाई केही कांग्रेसी नेताहरु र प्रहरी अधिकृतहरुकै संरक्षण रहेको ब्यापारीहरुले बताउने गरेका छन् ।

Post a Comment

0 Comments