Subscribe Us

यि हुन हेलमेट चोर्ने चोर

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट सेवा ग्राहीको हेलमेट चोर्ने एक व्यक्ति पक्राउ परेका छन् । अदालतमा आउँने सेवा ग्राहीको हेलमेट चोरी गरी ग्यारेजमा बिक्री बितरण गर्दै आएका सिन्धुलीका सुदिप घिमिरे पक्राउ परेका हुन । 

घिमिरेलाई जिल्ला अदालतको सुरक्षामा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धानको लागी महानगरीय प्रहरी बृत्त सिंहदरवारमा पठाएको जनाएको छ । जिल्ला अदालतमा आएका सेवा ग्राहीको हेलमेट हराउन थालेपछि प्रहरीले निगरानी बडाएको थियो ।

 सोमवार ४ बजेको समयमा घिमिरेले हेलमेट चोर्दै गरेको भीडीयो सिसी टिभी क्यामरामा कैद भएपछि घिमिर प्रहरीको फन्दामा परेका हुन । घिमिरेल चोरी गरेको हेलमेट अदालत नजिक हनुमानथानस्थित मोटरसाईक ग्यारेजमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।

Post a Comment

0 Comments