Subscribe Us

विद्यार्थीको भविश्यमाथि खेलवाड नगर्न एसएसपी खनालको इक्यानलाई चेतावनी

काठमाडौं । महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले शैक्षिक परामर्श दिंदै आएका कन्सलटेन्सीहरुलाई व्यवस्थित भएर काम गर्न आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ(इक्यान) को १९ औं वार्षिक उत्सवको अवसरमा एसएपी खनालले आफ्नो स्वार्थपूर्तिका लागि आफ्नै छोराछोरीको भविश्यमाथि खेलवाड नगर्न चेतावनी दिए । 

कन्सलटेन्सीको नाममा जिल्ला जिल्लाबाट युवाहरु बोलाएर विदेश पढाइदिन्छु भन्ने ट्रेन बढ्दै गएको पाइएको बताउँदै एसएसपी खनालले यस्तो गैरकानुनी कार्य तत्काल नरोके कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि बताए । विदेशीले आएर सुधार नगरिदिने बताउँदै एसएपी खनालले आफ्नो व्यवसाय व्यवस्थित गर्ने काम आफैबाट शुरु गर्नुपर्ने औंल्याए । 

सबै क्षेत्रमा विकृति तथा विसंगति भएको जानकारी गराउँदै खनालले त्यसलाई रोकथाम गर्नका लागि सरकार, नियमनकारी निकाय र व्यवसायी आफै प्रतिवद्ध भएर लाग्नु पर्ने पनि बताए । ‘निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन ।’ एसएसपी खनालले भने । समाज सुधारका लागि कुनै पनि कदम चाल्न आफू पछि  नपर्ने खानालले दावी गरे । उनले भने–‘प्रहरी भित्रको सुद्धीकरणमा पनि हामी लागि परेका छौं, सुद्धीकरणको क्रममा डिएसपीको फूली थुतेर इन्सपेक्टमा झारेको छु ।’

केही समय अघि माहाशाखाले शैक्षिक परामर्श उपलब्ध गराउने नाममा डुब्लिकेट कागजात बनाउने, शत प्रतिशत भिषा ग्यारेन्टी भन्दै विज्ञापन गराउने, अवैब रुपमा मेनपावरको काम गर्ने केही कन्सलटेन्सीहरुमा छापा मारेको थियो । महाशाखाले यस्ता गैरकानुनी धन्दा गर्ने सञ्चालहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यक्रममा इक्यानका सदस्यहरुले प्रहरीको छापाप्रति घोर आपत्ति जनाएका थिए । 
उनीहरुले छापाको नाममा प्रहरीले दुःख दिएको आरोप लगाए । उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष भाष्करराजराज कर्णिकारले प्रहरीको छापा मार्ने शैली ठिक नभएको औंल्याए । उनले भने–‘विकृति, विसंगती हरेक क्षेत्रमा हुन्छ तर, व्यवसायीलाई शून्यमा झार्ने गरी धराशायी पार्नु हुँदैन ।’

Post a Comment

0 Comments