Subscribe Us

सुर्खेतमा कर्फ्यु,
हवाई फायर गर्दा कसरी लाग्यो छात्तीमा गोली ?

सुर्खेत । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनलाई  प्रहरीले नियन्त्रणमा लिन खोज्दा एक जनाको मृत्यु भएको छ । 

प्रदशनलाई नियन्त्रमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर प्रदशकारी मध्य एक जनाको मृत्यु भएको हो । आन्दोलन हिंसात्मक हुँदा जान थालेपछि प्रहरीले हवाई फायर गरेको थियो । 

मृत्यु हुनेमा  भैरबनगर का टीकाराम गौतम रहेको र उनको शव अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भिड नियन्त्रण गर्ने क्रममा हवाइ फायर हुँदा घटना भएको दाबी गरेका छन् ।

 प्रदर्शनकारीले सुर्खेतका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड गर्दै अराजक गतिबिधी गर्ने थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको बताएको छ । दोहोरो झडपमा डिएसपी नमराज देवकोटा सहित आधा दर्शन प्रहरी र १ दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।


प्रदर्शनकारीहरुले सोमवार बिहान जिल्लाका सरकारी कार्यालयहरुमा तोडफोड गरेपछि प्रहरी र आन्दोलनकारीहरुबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका मूख्य दलका तीनवटा पार्टी कार्यालयमा आगजनी समेत गरेका छन् । उग्र बनेका आन्दोलनकारीले कांग्रेसका सह–महामन्त्री पुर्णबहादुर खड्काको घरमा आक्रमण गरेका छन् ।

 खड्काको घरमा आगजनी गर्न खोज्दा प्रहरीले करिब १२ राउन्ड हवाई फायर गरेको छ । घरमा आगजनी गर्न नदिएपछि आन्दोलनकारीले नजिकै रहेको एक सार्वजनिक वस जलाइदिएका छन् ।शान्तिपूर्ण आन्दोलन गर्दा नेताहरुले नसुनेको भन्दै प्रदर्शनकारीहरुले तोडपफोड गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले अहिले साढे १ बजेदेखि लागू हुने गरी सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा राति ९ बजे सम्मका लागि कर्फ्यु जारी गरेका छन् ।

Post a Comment

0 Comments