Subscribe Us

थरुहट आन्दोलनका संयोजक सरकारी ईन्जिनियर,
निजामती कर्मचारीको आदेशमा प्रहरीको हत्या

काठमाडौं । कैलालीको टिकापूरमा भएको प्रहरी हत्यामा सरकारकै एक कर्मचारीको हात रहेको रहस्य खुलासा हुन थालेको छ । स्रोतका अनुसार सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर धनीराम थारुको निर्देशनमा आन्दोलनकारीले प्रहरीमाथी आक्रमण गरेका हुन । उक्त आक्रमणमा सेती अञ्चलका एसएसपी लक्ष्मण न्यौपाने सहित सात प्रहरीको हत्या गरिएको थियो । 

 थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम थारु नै थरुहट संयुक्त संघर्ष समितिका संयोजक रहेको रहस्य अहिले खुलासा हुन थालेको हो । तर, धनीरामको अर्को परिचय उनी निजामती कर्मचारी हुन् । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर उनी घर बिदा लिएर आन्दोलनको नेतृत्व गरिरहेको स्रोतले बतायो । 

पाठकवृन्द, अब तपाईं आफैँ भन्नुस्, वरिष्ठ प्रहरी अधिकारीसहित त्यत्रा प्रहरीलाई जिउँदै जलाएर मार्ने आन्दोलनको नेतृत्वकर्ता सरकारी कर्मचारी नै हुनु योभन्दा विडम्बना के हुन सक्छ । 

ग्रिनकार्ड र पिआर लिने कर्मचारी कारबाहीको भागिदार हुनुपर्ने अवस्था सिर्जना गरिएको बेला हत्याजस्तो जघन्य अपराधमा संलग्न निजामती कर्मचारीलाई निजामती ऐनअनुसार कारबाही हुनुपर्छ कि पर्दैन ? कि यो घटना कर्मचारीले ग्रिनकार्ड र पिआर लिनुभन्दा सामान्य हो ? ग्रिनकार्ड र पिआर लिने कर्मचारीले जागिरबाटै हात धुनुपर्ने अनि त्यत्रो नरसंहारको नेतृत्वकर्ता अर्को कर्मचारी छाती फुकाएर हिँड्न पाउने, के यो न्यायोचित हुन सक्छ ? के यसलाई राजनीतिक विषय हो भनेर उनलाई उन्मुक्ति दिन मिल्छ । यो सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पनि अग्णिपरीक्षाको विषय हो ।

Post a Comment

0 Comments