Subscribe Us

कैदीबन्दीको कब्जामा कारागार, आममाफीको माग

भीमदत्तनगर । बझाङ कारागारका कैदीबन्दीले कारागार ढोकामा आइतबार दिउँसो तालाबन्दी गरी कारागारलाई नियन्त्रणमा लिएका छन् ।

नयाँ संविधान घोषणाको अवसरमा कैदीबन्दीलाई आममाफी दिनुपर्ने माग गर्दै कारागारमा रहेको ५० कैदीबन्दीले तालाबन्दी गरेका हुन् ।

त्यसैगरी, उनीहरूले जिल्ला प्रशासन कार्यालय बझाङमार्फत प्रधानमन्त्री कार्यालयलाई एक ज्ञापनपत्रसमेत बुझाएका छन् । विभिन्न देशमा संविधान घोषणा गर्दा कैदीबन्दीलाई आममाफी दिएको भन्दै आफूहरूले दबाब दिन तालाबन्दी र ज्ञापनपत्र बुझाएको कैदी कमल जाग्रीले बताए ।

    “केही दिनअघि पनि देशका २१ कैदीलाई राष्ट्रपतिले माफी दिएका छन् ।, राजनीतिक आवरणमा सशस्त्र हिंसामा रहेकालाई पनि जेलमुक्त गरियो,” जाग्रीले भने, “हामीहरूलाई पनि अब आममाफी दिइनुपर्छ ।” कैदीबन्दीले आममाफीका लागि चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।

Post a Comment

0 Comments