Subscribe Us

कसरी भेटियो पूर्ब गुहमन्त्री गच्छदारको हतियार एमाले पार्टी कार्यालयमा ?

काठमाडौँ । नेकपा एमालेको बल्खुस्थित चर्किएको कार्यालयबाट महत्त्वपूर्ण कागजपत्र सुरक्षित रूपमा निकाल्न खटिएको सशस्त्र प्रहरी टोलीलाई त्यस्तो बस्तु फेला पर्ला भन्ने कल्पनै थिएन ।
 
 तर, पाँचतले भवनको माथिल्लो तलामा राखिएको एउटा बाकस खोल्दा उनीहरूले जे भेटे, त्यसपछि भने बल्खुमा हल्लीखल्ली मच्चियो । 

एउटा पुरानो बाकस खोल्दा सशस्त्रको टोलीले त्यहाँ दुई थान हतियार भेटायो । एउटा पिस्तोल थियो भने अर्को रिभल्बर । खोलेर हेर्दा खिया लागिसकेकाले चल्न सक्ने अवस्थामा नभए पनि हतियार भनेपछि प्रहरी सतर्क हुने नै भयो । केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलाई पनि ती हतियार कसरी त्यहाँ पुग्यो थाहा थिएन । सशस्त्रले हतियार फेला पारेपछि छोड्ने कुरा भएन । बरु, बुझिलिएको कागज गरेर भए पनि ती दुई थान हतियार सशस्त्रले लगेर गएपछि सुरु भयो, ती हतियारको कथा ।

खोज्दै जाँदा पत्ता लाग्यो, दुई थानमध्ये रिभल्बर चाहिँ पूर्वगृहमन्त्री विजयकुमार गच्छदारको रहेको पत्ता लाग्यो भने पेस्तोल चाहिँ पूर्वसांसद हरिनारायण चौधरीको रहेछ । घटना ३४ वर्षअघिको रहेछ । ०३७ सालमा मोरङ क्याम्पसमा स्ववियु चुनावका क्रममा उठेको विवाद ०३८ मंसिर २५ मा विद्यार्थी नेता फणिन्द्र तिमिल्सेनाको हत्यासम्म पुगेको थियो । 
 
नेविसंघका तर्फबाट स्ववियु सभापति जितेको स्वघोषणा गरेका गच्छदारले त्यस दिन क्याम्पसको क्यान्टिननेरबाट चलाएको गोलीबाट फणिन्द्र ठहरै भएका थिए । पछि जम्मा भएका अखिलका विद्यार्थीले घेरा हालेर गच्छदार र अर्का नेता हरिनारायण चौधरीको हातबाट पेस्तोल खोसेका थिए ।

गच्छदारले गोली फणिन्द्रलाई नभई अखिलका त्यतिबेलाका जल्दाबल्दा नेता खगेन्द्र चुँडाललाई ताकेका थिए । त्यतिबेलै साथीलाई जोगाउन आइपुगेका फणिन्द्र सहिद भए भने खगेन्द्रको नेतृत्वमा दुवै जनाका पेस्तोल खोसिएका रहेछन् । हाल एमालेका केन्द्रीय सदस्य रहेका चुँडालका अनुसार, कब्जा भएका दुवै थान हतियार त्यतिबेलाका अखिलका जिल्ला अध्यक्ष किरण केसीको जिम्मा लगाइएको थियो । केही दिन त उनले पनि लुकाएर राखे ।

पछि पार्टीको सम्पत्ति भनेर त्यतिबेलाका मालेका पूर्वाञ्चल प्रमुख मदन भण्डारीको हातमा पुर्याइएको थियो । मदनले पनि ती हतियार के गर्नु रु दुश्मनबाट कब्जा गरिएको पार्टीको सम्पत्ति भन्दै अड्डासार हुँदै ती दुई थान हतियार बल्खु पुगेका रहेछन् । अमृत बोहरा, ईश्वर पोखरेल, प्रदीप नेपाल जस्ता पुराना नेतालाई मात्रै त्यसको जानकारी थियो । खोजबिनबाट यो कुरा पत्ता लागेपछि बल्खुमा एमाले कार्यकर्ता भन्दै थिए, ‘हाम्रो पार्टी पनि क्रान्तिकारी नै हो नि १ बुधबारबाट ।
काठमाडौँ, २७ साउन ।
नेकपा (एमाले)को बल्खुस्थित चर्किएको कार्यालयबाट महत्त्वपूर्ण कागजपत्र सुरक्षित रूपमा निकाल्न खटिएको सशस्त्र प्रहरी टोलीलाई त्यस्तो बस्तु फेला पर्ला भन्ने कल्पनै थिएन । तर, पाँचतले भवनको माथिल्लो तलामा राखिएको एउटा बाकस खोल्दा उनीहरूले जे भेटे, त्यसपछि भने हल्लीखल्ली नभइरहन सकेन ।
एउटा पुरानो बाकस खोल्दा सशस्त्रको टोलीले त्यहाँ दुई थान हतियार भेटायो । एउटा पिस्तोल थियो भने अर्को रिभल्बर । खोलेर हेर्दा खिया लागिसकेकाले चल्न सक्ने अवस्थामा नभए पनि हतियार भनेपछि प्रहरी सतर्क हुने नै भयो । केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलाई पनि ती हतियार कसरी त्यहाँ पुगे ? थाहा थिएन । सशस्त्रले हतियार फेला पारेपछि छोड्ने कुरा भएन । बरु, बुझिलिएको कागज गरेर भए पनि ती दुई थान हतियार सशस्त्रले लगेर गएपछि सुरु भयो, ती हतियारको कथा ।
खोज्दै जाँदा पत्ता लाग्यो, दुई थानमध्ये रिभल्बर चाहिँ पूर्वगृहमन्त्री विजयकुमार गच्छदारको रहेको पत्ता लाग्यो भने पेस्तोल चाहिँ पूर्वसांसद हरिनारायण चौधरीको रहेछ । घटना ३४ वर्षअघिको रहेछ । ०३७ सालमा मोरङ क्याम्पसमा स्ववियु चुनावका क्रममा उठेको विवाद ०३८ मंसिर २५ मा विद्यार्थी नेता फणिन्द्र तिमिल्सेनाको हत्यासम्म पुगेको थियो । नेविसंघका तर्फबाट स्ववियु सभापति जितेको स्वघोषणा गरेका गच्छदारले त्यस दिन क्याम्पसको क्यान्टिननेरबाट चलाएको गोलीबाट फणिन्द्र ठहरै भएका थिए । पछि जम्मा भएका अखिलका विद्यार्थीले घेरा हालेर गच्छदार र अर्का नेता हरिनारायण चौधरीको हातबाट पेस्तोल खोसेका थिए ।
गच्छदारले गोली फणिन्द्रलाई नभई अखिलका त्यतिबेलाका जल्दाबल्दा नेता खगेन्द्र चुँडाललाई ताकेका थिए । त्यतिबेलै साथीलाई जोगाउन आइपुगेका फणिन्द्र सहिद भए भने खगेन्द्रको नेतृत्वमा दुवै जनाका पेस्तोल खोसिएका रहेछन् । हाल एमालेका केन्द्रीय सदस्य रहेका चुँडालका अनुसार, कब्जा भएका दुवै थान हतियार त्यतिबेलाका अखिलका जिल्ला अध्यक्ष किरण केसीको जिम्मा लगाइएको थियो । केही दिन त उनले पनि लुकाएर राखे ।
पछि पार्टीको सम्पत्ति भनेर त्यतिबेलाका मालेका पूर्वाञ्चल प्रमुख मदन भण्डारीको हातमा पुर्याइएको थियो । मदनले पनि ती हतियार के गर्नु ? दुश्मनबाट कब्जा गरिएको पार्टीको सम्पत्ति भन्दै अड्डासार हुँदै ती दुई थान हतियार बल्खु पुगेका रहेछन् । अमृत बोहरा, ईश्वर पोखरेल, प्रदीप नेपाल जस्ता पुराना नेतालाई मात्रै त्यसको जानकारी थियो । खोजबिनबाट यो कुरा पत्ता लागेपछि बल्खुमा एमाले कार्यकर्ता भन्दै थिए, ‘हाम्रो पार्टी पनि क्रान्तिकारी नै हो नि ! बुधबारबाट ।
- See more at: http://www.nepalese.org/article/2015/08/12/21618/#sthash.RZunL9ts.dpuf

Post a Comment

0 Comments