Subscribe Us

प्रहरी ईन्काउन्टरमा डन घैंटेको मृत्यु



काठमाडौं । राजधानीका कुख्यात गुन्डा नाइके घैंटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएका छन् ।घैंटेलाई अपराध महाशाखाको टोलीले समाखुशी कपुरधारामा गोली प्रहार गरेको हो ।

 महाशाखाको सर्च अभियानका प्रहरी र घैंटेको समुह जम्का भेट हुँदा घैंटेले प्रहरीलाई गोली प्रहार गर्न थालेपछि जवाफि कारवाहिमा घैंटे र उनका दुई सहयोगी घाईते भएको प्रहरीले जनाएको छ । 

अपराध महाशाखास्रोतका अनुसार प्रहरीको सर्च अभियानमा घैंटेले फायर र उसका सहयोगीले ढुंगामुढा गरेपछि जवाफी कारबाही गरिएको हो । 

घटनामा घैंटेसँगै उनका दुई सहयोगी पनि घाइते भएका छन् । उनीहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । घैंटेलाई कति गोली लागेको छ भन्ने खुलेको छैन् । अस्पताल स्रोतका अनुसार उनको मृत्यु भईसकेको छ ।





Post a Comment

0 Comments