Subscribe Us

घैंटे मारिएका दिन रिसोर्टमा रमाउँदै थिए डन चक्रे


chakreकाठमाडौंः
गत साता काठमाडौंको कपुरधारामा गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैटे’ प्रहरीसगको मुठभेडमा मारिएपछि घैंटेका दुस्मन चक्रे  भनिने मिलन गुरुङ भने तनावकाबीच खुसी मनाउन रिसोर्ट पुगेको युनाइटेडपोष्ट साप्ताहिकमा समाचार छ ।

गत भदौ तीन गते विहान घैंटे प्रहरी इन्काउन्टरमा मारिएका थिए । घैंट मारिए लगत्तै आफ्नो फेसबुक पेजमा पुराना गुण्डा नाइके चक्रेले ‘फिलिङ फ्रेस एट रिभर साइड स्प्रिङ रिसोर्ट, कुरिनटार’ स्टेटस लेख्दै फोटो समेत पोष्ट गरेका थिए ।

 त्यसपछि उनी गोरखा पुगेको स्रोत बताउछ । भूकम्पपछि घैंटेका झैं चक्रेले पनि गोरखा र सिन्धुपाल्चोकमा राहत भन्दै चेक मार्फत पैसा बाडेको तस्विर फेसबुकबाट सार्वजनिक गरेका थिए ।

चक्रेमाथि २०६५ सालमा यादब ढंगोल हत्या गरे आरोप लागेपछि फरार भएका थिए । फरार चक्रेलाई तत्कालिन आईजीपी रमेशचन्द ठकुरीको बिशेष टोलीले लागूऔषधसहित पक्राउ गरेको थियो । एक दर्जन भन्दा बढी अपराध गरेको अभियोग लागेका चक्रे अन्य अभियोगबाट भने सफाई पाइसकेका थिए ।

 जेलभित्रबाटै चक्रेले हाउजीङ व्यवसायीले पैसा नदिएको भन्दै डोजरमा आगो लगाइ डोजर भित्रका व्यक्तिलाई समेत मार्न खोजेका थिए । लागूऔषध मुद्दामा मात्र ५ बर्ष कैद सजाय भोगी चक्रे बाहिर निस्केका थिए । जेलमै कैद भुक्तानी गरिसकेका चक्रेमाथि अबैध सम्पत्ति थुपारेको मुद्दा समेत रहेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो र सम्पत्ति शुद्धीकरण बिभागले सात करोड अबैध सम्पत्ति थुपारेको अभियोगमा बिशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा अदालतले चक्रेसग एक करोड धरौटी माग गरेको थियो । स्रोतका अनुसार पछिल्लो समय हङकङ जाने तयारीमा रहेका चक्रे र इन्काउन्टरमा मारिएका घैंटेबीच सम्बन्ध सुधार गर्न हङकङमा रहेका उनीहरुका साथी विशाल गुरुङले पहल गरेका थिए ।

Leave a Reply





united

Post a Comment

0 Comments