Subscribe Us

इन्काउन्टरमा परिने डरले मोष्ट वान्टेड रिगलले गरे आत्मा समर्पण

नेपालगंज । हत्या अभियोगमा फरार रहेका नेपालगंजका कुख्यात गुण्डा रिगल ढकालले प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । गुण्डागर्दी बिरुद्ध प्रहरी आक्रमक भएपछि गुण्डा रिगलले ज्यान जोगाउन आत्मा समर्पण गरेको गुण्डा सर्कलमा चर्चा छ । 

एक महिना अघि रिगलको योजना र नेतृव्यमा नेपालगंज युवासंघका सदस्य चेतन मानन्धरको हत्या भएको थियो । हत्यापछि फरार रहेका रिगलले राजधानीका डन कुमार श्रेष्ठ उफ घैंटेलाई प्रहरीले ईन्काउन्टर गरेपछि उनले प्रहरी समक्ष आत्मा समर्पण गरेका हुन । स्रोतका ईन्काउन्टरमा मारिएका घैंटे निकट रिगलले सोमवार प्रहरी समक्ष आत्म समर्पण गरेका हुन् । फरार रहेका रिगल खोज्न नेपालगंज प्रहरीले देश भर सर्कुलर गरेको थियो । 

हत्यामा संलग्न रिगल समूह र मारिएका चेतन मानन्धर दुवै नेपालगंजमा गुण्डागर्दीमै संलग्न समुहका सदस्य हुन् । कुनै समय मान्धर रिगल समूहकै सदस्य थिए । स्रोतका अनुसार १५ बर्ष देखी यो आपराधिक समुहले नेपालगंजमा गुण्डागर्दी गर्दै विभिन्न गैंहकानुनी धन्दामा संलग्न रिगललाई राजनीतिक दलका नेता र प्रहरीकै संरक्षण रहेको आरोप स्थाईनिय सर्बसाधारण र व्यापारीले लगाउँदै आएका छन् । राजनीतिक आबरणमा गुण्डागर्दी गर्दै आएका डन घैंटे प्रहरी ईन्काउन्टरमा परेपछि मोष्ट वान्टेड रिगलले मारिने डरले आत्मा समर्पण गरेका हुन् ।

Post a Comment

0 Comments