Subscribe Us

ईन्द्रेनी फुडल्याडमा नेता प्रहरी र गुण्डाको मिटीङ, घैंटे पक्ररण

काठमाडौं । गुण्डाका नाईके कुमार श्रेष्ठ उफ घैंटे प्रहरी ईन्काउन्टरमा मारिएपछि सार्बजनिक रुपमा कुनै अभिव्यक्ति नदिएका सभासद् गगन थापा घैंंटेका अन्य सहयोगीसँग भने गोप्य मिटिङमा भेटिन थालेका छन् । घैंटेको संरक्षक भएको आरोप थापालाई बेला बेलामा लाग्दै आएको थियो । 
 
थापा नयाँ बानेश्वरस्थित ईन्द्रेनी फूडल्याड रेष्टेरेन्टमा सुक्रवार बिहान घैंटेका सुभचिन्तकसँग मिटिङमा भेटिएका हुन । 
 
बिहान ९ बजेदेखी सभासद् थापा, नेता जगदिशनरसिंह केसी, काठमाडौं जिल्लाका काग्रेस सभापति भिमसिन दासका साथै दुई दर्जन मोटरसाईकलमा आएका घैंटेका सुभचिन्तक मिटीङमा सहभागी थिए ।
 
 उक्त मिटीङमा महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी निरक्षकक समेत उपस्थित थियो । घैंटेको मृत्युपछि नेता तथा सभासद् केसीले नियोजित रुपमा हत्या भएको दाबी गर्दै आएका छन् ।  स्रोतका अनुसार घैंटेको नियोजीत हत्या भएको भन्दै उनका सुभचिन्तकले न्यायिक छानबिनको लागी आन्दोलन गर्ने रणनीतिमा छन् ।


Post a Comment

0 Comments