Subscribe Us

यि हुन खसीको भन्दै बाख्राको मासु बेच्ने पसल

मोरङ । विराटनगरको बजार क्षेत्रमा खोलिएका दर्जन बढी खसीको मासु पसलमा बाख्राको मासु बिक्री वितरण हुने गरेको पाईएकोे छ । 

विराटनगर–२० स्थित वासिर फ्रेस हाउसमा बाख्रा काट्दै गरेको अवस्थामा सञ्चारकर्मीको एक टोलीले शनीवार फेला पारेको हो । सो फ्रेस हाउसको बधशालामा दुई बाख्रा काटेर भुत्ल्याउँदै गरेका अवस्थामा भेटिएको थियो ।

फ्रेस हाउसका सञ्चालक मोहमद वासिरले होटलका लागि बाख्राको मासु काटे पनि उपभोक्तालाई बेच्न चाहिँ खसी नै काट्ने गरेको दाबी गरे । बाख्रा भुत्ल्याउँदै गरेका बलन हुस्सेनका अनुसार सधैँ बाख्रा नै काट्ने गरेको तर राजखानी चाहिँ खसीको जोडेर सिउने र बाहिर झुन्ड्याउने गरेको उजागर गरे । 

विराटनगरका बहुसङ्ख्यक खसीको मासु बिक्री गरिने पसलमा उपभोक्तालाई बाख्राको मासु भिडाउने काम भइरहेको स्थानीय उपभोक्ता रमानन्दन साहले बताए । बिराटनगरमा सञ्चालित दर्जनभन्दा बढी मासु पसलले उपभोक्तालाई बाख्राको मासु बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।

त्यस्तै संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्केले खसीको मासु बेच्ने मासु पसलले उपभोक्तालाई बाख्राको मासु पनि बिक्री गर्ने गरेको बताए । मास्केका अनुसार यस्ता पसलमाथि प्रशासनले छानबिन गरी कारबाही गर्नुपर्ने बताए । विराटनगर उपमहानगरपालिकाका पशुपक्षी शाखाका प्रमुख हिरालाल यादवले बाख्राको मासु बिक्री बितरण गर्नेलाई कारवाही प्रक्रिया अघि बढाउँदै आएको जानकारी दिए । 

Post a Comment

0 Comments