Subscribe Us

सडक छापबाट रातारात सडकमै करोडको गाडी हुँइक्याउने यि अर्वपति

काठमाडौं । कुनैबेलाका सडक छाप गुण्डा नाइके यतिखेर राजधानीका सडकमा करोडका गाडी हुँईक्याउने हैसियतमा पुगेका छन् । राजधानीका सडकमा हुँइकिने अधिकांश चिल्ला गाडी हिजोका दिनमा सडक छापबाटै करोडपति बनेकाहरुको भएको प्रहरी बताउँछ । व्यापार व्यवसायबाट दुःख गरी सम्पत्ति आर्जन गर्दै गाडी चढे त्यो राम्रै पक्ष हो । तर, दुई चार बर्ष अगाडि ड्राभिइङकोे पेशा गर्ने, रेष्टुरेन्टमा गार्डको काम गर्ने, गुण्डा ग्याङका नाईके तथा सदस्यहरु अहिले करोडभन्दा माथिका गाडीमा हुँईकिन्छन् । एक दशक अगाडि ट्याक्सि चालक काभ्रेका बिरेन्द्रलाल श्रेष्ठ अहिले सेतो रेन्जरोभर गाडीमा हुँईकिन्छन् । उक्त गाडीको नेपालमा डेढ करोड मूल्य पर्छ । 

केहि समय अगाडि ल्याडरोभरमा सयर हुने श्रेष्ठ एक बर्षदेखी रेन्जरोभरमा गुड्ने गर्छन् । पैसा व्याजमा लगाउँने नाममा मिटर व्याज वापत पैसा असुलेर श्रेष्ठले आफ्नो जिन्दगीलाई हाईफाई स्तरमा पु¥याएका छन् । श्रेष्ठले झण्डै तीन दर्जन व्यक्तिलाई घरबार विहिन बनाएका छन् । तर तिनै श्रेष्ठलाई नेपाल प्रहरीका केहि भ्रष्ट प्रहरीले संरक्षण गर्दै आएका छन् । 

यस्तै सडक छापबाट मिटर व्याजको धन्दाले करोडपति बनेका काभ्रेका बलराम सापकोटा उर्फ बलेपनि एक हुन् । दरबारमार्गस्थित क्यासिनो रोयललाई आफ्नो आधार क्षेत्र बनाएर मिटर व्याजको धन्दा चलाएका बलेले ५ बर्षको अबधिमा अकुत सम्पत्ति थुपारेको उनी निकट स्रोत बताउँछ । धन्दा सञ्चालन गर्ने बेलामा टोयोटाको यारिस गाडीमा सयर हुँने बले कहिले त्यहि गाडी त कहिले रातो ल्याडरोभरमा हुँईकिने गर्छन् । बलेसँग आफ्नो दुई गाडी ल्याडरोभर र यारिससँगै जफत गरेका अन्य आधा दर्जन गाडीसमेत रहेको स्रोत बताउँछ ।
यस्ता गाडी बलेले आफ्नो सुरक्षाकोे लागि एमाले अध्यक्ष केपी शर्मा ओली देखी नेपाल प्रहरीका अधिकृतलाई समेत उपलब्ध गराउँदै आएका छन् । बले क्याबिन रेष्टुरेन्टमा बडीगार्ड देखी मालिक हुँदै डान्सबार, क्यासिनोमा दलालीबाट अहिले क्यासिनोका मालिक बनेका हुन् । 

त्यस्तै आपराधीक दुनियाँमा मिटर राजाको नामले चिनेने एकान्तकुनाका महेशबहादुर सिंह पनि ल्याण्डरोभर नै चढ्दै आएका छन् । मिटर व्याजमा पैसा लगाउँने सिंहका कारण सयौं व्यक्तिहरु घर न घाटका भएका छन् । सिंहका कारण सुधिर बस्नेत, रहिस थापा, राजाराम बानियाँ, प्रकाशचन्द्र बस्नेत जस्ता स्थापित व्यापारीको समेत भागाभाग भएको छ । अबैध हतियार र भ्रष्ट प्रहरीको आडमा सिंहले दुई सय प्रतिशत सम्म व्याज असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको थियो । व्यापारी सुधिर बस्नेतले सिंहसँग तीन करोड लिएकोमा हतियारको आडमा सिंहले १३ करोडसम्म असुलिसकेका छन् । 

सिंहको अबैध सम्पत्तीको छानबिन गर्न तत्कालिन महानगरीय प्रहरी परिसर हनुमानढोेकाका एसएसपी रमेश खरेलले सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागमा पठाए पनि सिंहले आफ्नो तन, मन र धन लगाएर मुद्दा फितलो बनाएको स्रोत बताउँछ । मिटर व्याजबाटै असुलेको पैसाले कबिन श्रेष्ठ, अजय सेडाईलगायतका एक दर्जन दलालले पनि नेपालमा गन्तीमा आउँने गाडी चड्दै आएका छन् ।

Post a Comment

0 Comments